श्री वसन्त पञ्चमी मेला : वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकलाई




ताप्लेजुङ। श्री वसन्त पञ्चमी मेलाको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकले जितेका छन् । प्रतियोगिता श्री प्रगतिशील युवा क्लब मेरिङ्देन ४ लिङतेपको आयोजनामा सम्पन्न भएको हो । 

शनिबार भएको फाइनल खेलमा पुरुष फुटबल तर्फ फक्ताङलुङ गाउँपालिका दुई खेजेनिमले फुङ्लिङ नगरपालिका एकलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको छ । खेजेनिम सेमिफाइनमा खाम्लुङ स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

यस्तै फुङलिङले नालिफुङवा क्लब थुकिमालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनको यात्रा तय गरेको थियो । महिला तर्फ आयोजक श्री प्रगतिशील युवा क्लबले साउदेन स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । 

आयोजक थिङलाबु स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेको थियो । यस्तै साउदेन स्पोर्टिङ क्लबले सान्थाक्रा स्पोर्टिङ क्लबलाई २–० गोले पछि पार्दै फाइनमा पुगेको श्री प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभएको छ । 

पुरुष तर्फको प्रथम हुने खेजेनिमले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, दोस्रो हुने फुङलिङले ८० हजार रुपियाँ साथै ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ । 

साथै महिला तर्फ प्रथम हुने आयोजकले नगद ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्‍त गरेको आर्थिक संयोजक जितेन लङवाले जानकारी दिनुभएको छ । उहाँका अनुसार दोस्रो हुने साउदेन स्पोर्टिङ क्लबले नगद ३० हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पाएको छ । 

ऐतिहासिक रुपमा सञ्चलन हुँदै आएको श्री वसन्त पञ्चमी मेला वसन्त पञ्चमीको अवसरमा प्रत्येक वर्ष मेरिङदेन गाउँपालिकाको लिङ्तेमा सञ्चालन हुने गर्दछ । गत माघ २१ गतेबाट सुरु भएको खेलको उद्‌घाटन कोशी प्रदेश सरकारका पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गामले गर्नु भएको थियो भने समापन उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको प्रमूख आतिथ्यतामा भएको हो । 

प्रकाशित मिति : २७ माघ २०८१, आईतवार ०९:४९

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको