श्री वसन्त पञ्चमी मेला : वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकलाई




ताप्लेजुङ। श्री वसन्त पञ्चमी मेलाको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकले जितेका छन् । प्रतियोगिता श्री प्रगतिशील युवा क्लब मेरिङ्देन ४ लिङतेपको आयोजनामा सम्पन्न भएको हो । 

शनिबार भएको फाइनल खेलमा पुरुष फुटबल तर्फ फक्ताङलुङ गाउँपालिका दुई खेजेनिमले फुङ्लिङ नगरपालिका एकलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको छ । खेजेनिम सेमिफाइनमा खाम्लुङ स्पोर्टिङ क्लबलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 

यस्तै फुङलिङले नालिफुङवा क्लब थुकिमालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनको यात्रा तय गरेको थियो । महिला तर्फ आयोजक श्री प्रगतिशील युवा क्लबले साउदेन स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । 

आयोजक थिङलाबु स्पोर्टिङ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनमा प्रवेश गरेको थियो । यस्तै साउदेन स्पोर्टिङ क्लबले सान्थाक्रा स्पोर्टिङ क्लबलाई २–० गोले पछि पार्दै फाइनमा पुगेको श्री प्रगतिशील युवा क्लबका अध्यक्ष विजय हाङ्गामले जानकारी दिनुभएको छ । 

पुरुष तर्फको प्रथम हुने खेजेनिमले नगद एक लाख १५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, दोस्रो हुने फुङलिङले ८० हजार रुपियाँ साथै ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको छ । 

साथै महिला तर्फ प्रथम हुने आयोजकले नगद ५० हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्‍त गरेको आर्थिक संयोजक जितेन लङवाले जानकारी दिनुभएको छ । उहाँका अनुसार दोस्रो हुने साउदेन स्पोर्टिङ क्लबले नगद ३० हजार रुपियाँ सहित ट्रफी मेडल र प्रमाण पाएको छ । 

ऐतिहासिक रुपमा सञ्चलन हुँदै आएको श्री वसन्त पञ्चमी मेला वसन्त पञ्चमीको अवसरमा प्रत्येक वर्ष मेरिङदेन गाउँपालिकाको लिङ्तेमा सञ्चालन हुने गर्दछ । गत माघ २१ गतेबाट सुरु भएको खेलको उद्‌घाटन कोशी प्रदेश सरकारका पूर्व मन्त्री प्रताप प्रकाश हाङ्गामले गर्नु भएको थियो भने समापन उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिं हाङ्गामको प्रमूख आतिथ्यतामा भएको हो । 

प्रकाशित मिति : 9:49 am

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज