ताप्लेजुङमा भरुवा बन्दुक सहित एक जना पक्राउ



रेडियो काबेली
ताप्लेजुङ ।
अवैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका –१, नाङखोल्याङका ४० बर्षीय बिर्खराज राइ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलको नेतृत्वमा खटेको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो । भरुवा बन्दुक १ थानसङ्गै सलाई लाइटर समेत प्रहरीले बरामद गरेको छ । राईलाई घरबाटै नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम हात हतियार खर खजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : 9:27 pm

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको

प्रमाणपत्रका लागि बढी शुल्क नलिन मेरिङदेनका विद्यालयलाई निर्देशन

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कक्षा १०

मैवाखोला गाउँपालिकामा ६ विधाका खेल प्रशिक्षक

ताप्लेजुङ, भदौ ४ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालय तहमा

पाथीभरामा तीन लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, भदौ २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

ताप्लेजुङमा सर्पको टोकाइबाट युवतीको मृत्यु 

ताप्लेजुङ, भदौ २ गते । ताप्लेजुङमा सर्पको टोकाइबाट एक जनाको