ताप्लेजुङमा भरुवा बन्दुक सहित एक जना पक्राउ



रेडियो काबेली
ताप्लेजुङ ।
अवैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका –१, नाङखोल्याङका ४० बर्षीय बिर्खराज राइ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलको नेतृत्वमा खटेको प्रहरीको टोलीले राईलाई पक्राउ गरेको हो । भरुवा बन्दुक १ थानसङ्गै सलाई लाइटर समेत प्रहरीले बरामद गरेको छ । राईलाई घरबाटै नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम हात हतियार खर खजना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : 9:27 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि