केबलकार विवादः समस्याको समाधान गर्न गृहको सामान्य प्रशासन मन्त्रालय लाई पत्र




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको छ । शनिबार गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडा हस्ताक्षरित पत्र सामान्य पशासन मन्त्रालय पठाईएको हो ।


पत्रमा लेखिएको छ,“ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा निर्माणाधिन केवलकार निर्माणको क्रममा भएको अवरोध र समस्याका बारेमा त्यहाँ मन्त्रालयलाई अवगत नै छ । केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुँदा सो सम्वन्धमा स्थानिय रुपमा उठेका सवाल र सरोकारका विषयहरुलाई समेत ध्यान दिदै सबै सरोकारवालाहरुसँग समन्वय र सहजिकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहल अगाडी बढाई दिनुहुन निर्देशानुसार अनुरोध छ ।”


गत शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए । झडप पश्चात गत माघ १५ गते मंगलबार देखी विभिन्न माग राख्दै आन्लोनरत पक्षले बन्दका कार्यक्रम घोषणा गरेका छन् । सोही अनुसार आईतबार (भोली) र सोमबार पुर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : 9:18 pm

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली