केबलकार विवादः समस्याको समाधान गर्न गृहको सामान्य प्रशासन मन्त्रालय लाई पत्र




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गृह मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको छ । शनिबार गृह मन्त्रालयका शाखा अधिकृत ऋषिकेश खतिवडा हस्ताक्षरित पत्र सामान्य पशासन मन्त्रालय पठाईएको हो ।


पत्रमा लेखिएको छ,“ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा निर्माणाधिन केवलकार निर्माणको क्रममा भएको अवरोध र समस्याका बारेमा त्यहाँ मन्त्रालयलाई अवगत नै छ । केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुँदा सो सम्वन्धमा स्थानिय रुपमा उठेका सवाल र सरोकारका विषयहरुलाई समेत ध्यान दिदै सबै सरोकारवालाहरुसँग समन्वय र सहजिकरण गरी उक्त समस्याको समाधान गर्न तत्काल पहल अगाडी बढाई दिनुहुन निर्देशानुसार अनुरोध छ ।”


गत शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए । झडप पश्चात गत माघ १५ गते मंगलबार देखी विभिन्न माग राख्दै आन्लोनरत पक्षले बन्दका कार्यक्रम घोषणा गरेका छन् । सोही अनुसार आईतबार (भोली) र सोमबार पुर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्दको आह्वान गरेका छन् ।

प्रकाशित मिति : 9:18 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान