पाँचौं मुन्धुङ्गे कप भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनको पोल्टामा




रेडियो काबेली
ताप्लेजुङ । पाँचौं मुन्धुङ्गे कप पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले आफ्नो पोल्टामा पार्न सफल भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङमा भएको पाँचांै मुन्धुङ्गे कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिका वडा नं. ६ थुम्बेदिनले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
उपाधिसँगै थुम्बेदिनले नगद १ लाख ३१ हजार रुपैयाँ सहित तीनवर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको हिमाली तोक्पेगोला भलिबल टिम द्धितिय र मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुको टोली तृृतिय भएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार द्धितिय हुने पापुङले नगद ८१ हजार रुपैँया सहित कप,मेडल र प्रमाणपत्र र तृतीय भएको नाल्बुले नगद ३१ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन् ।


भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन भएको आयोजकको भनाई छ । विजेता टिमलाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको प्रमुख उपस्थिती एवं वडाध्यक्ष मचिन्द्र लिम्बूको उपस्थितीमा शनिबार पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित मिति : 8:15 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा