पाँचौं मुन्धुङ्गे कप भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनको पोल्टामा




रेडियो काबेली
ताप्लेजुङ । पाँचौं मुन्धुङ्गे कप पुरुष भलिबल प्रतियोगिताको उपाधि थुम्बेदिनले आफ्नो पोल्टामा पार्न सफल भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिवाङमा भएको पाँचांै मुन्धुङ्गे कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङवरक गाउँपालिका वडा नं. ६ थुम्बेदिनले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
उपाधिसँगै थुम्बेदिनले नगद १ लाख ३१ हजार रुपैयाँ सहित तीनवर्षे रनिङ कप,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको हिमाली तोक्पेगोला भलिबल टिम द्धितिय र मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुको टोली तृृतिय भएको गाउँपालिका अध्यक्षका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार द्धितिय हुने पापुङले नगद ८१ हजार रुपैँया सहित कप,मेडल र प्रमाणपत्र र तृतीय भएको नाल्बुले नगद ३१ हजार रुपैयाँ सहित मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन् ।


भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन भएको आयोजकको भनाई छ । विजेता टिमलाई मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीको प्रमुख उपस्थिती एवं वडाध्यक्ष मचिन्द्र लिम्बूको उपस्थितीमा शनिबार पुरस्कार वितरण गरिएको छ ।

प्रकाशित मिति : 8:15 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ