जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्समा ढुङ्गा प्रहार




रेडियो काबेली
ताप्लेजुङ ।
बिरामीलाई झापा पु¥याएर र औषधी बोकेर ताप्लेजुङ फर्किदै गरेको एम्बुलेन्समा सदरमुकाम फुङलिङ बजार नजिकै अज्ञात पक्षले ढुङ्गा प्रहार गरेका छन् । बिहिबार राति फुङलिङ नगरपालिका वडा नं. ८ स्थित सिग्देल खोल्सामा अज्ञात पक्षले ढुङ्गा प्रहार गर्दा जिल्ला अस्पतालको प्रदेश १–०१–००१ झ ०२३२ नम्बरको एम्बुलेन्सको पछाडीको ढोकामामा क्षती पुगको अस्पतालले जनाएको छ ।


एम्बुलेन्स चालन मिलन पौडेलले भन्नु भयो,“राती करिब १० बजे बिरामी लिएर ताप्लेजुङ आउँदै थिए । सिग्देल खोल्सामा एक्कासी माथीबाट एम्बुलेन्सको अगाडी पछाडी बाट ढुुङ्गाहरु आए । मान्छे चै देखिन । छिटो छिटो कुदाए । रोकेको भए सिसाहरु सबै फुट्ने थियो होला । धन्न बिरामीलाई केहि भएन पछाडी ढोका मात्रै किच्चियो ।” त्यस पश्चात आफुहरुले एम्बुलेन्स नचाउने भन्ने कुरा गरेको चालक पौडेलको भनाई छ, थप भन्नुभयो,“ एम्बुलेन्स चलाउँदा कति बेला कताबाट ढुङ्गाले लाग्ने हो थाहा छैन । बिरामीको ज्यान जोखिममा आफ्नै ज्यान पनि जोखिममा हुने भएकोले एम्बुलेन्स नचलाउने भनेको फेरि नचलाई भएन ।”

यता जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर ओम प्रकाश थापा मगरले भने घटना प्रति दुःख व्यक्त गर्दै आन्दोलनरत पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“यसरी सर्वसाधरणको जिवनसँग खेलबाड नगरिदिनुस । हामीलाई बन्द हडताल भन्दा पनि नागरिकको जिवनसँग सरोकार छ । सकेजति जिल्लामा उपचार गर्ने कोसिस गरेकै छौँ । यहाँ हुँदै नहुनेलाई जिल्ला बाहिर लानुपर्ने हुन्छ । यसरी ढुङ्गा प्रहार गरेर आक्रमण गर्न थाल्ने हो भने हामीले जिल्ला बाहिर बिरामी पठाउन सकिँदैन । यसै सर्वसाधारणको ज्यान जान्छ । गए राति पनि जिल्ला अस्पतालको एक्स्रे मेसिन बिग्रिएको र बनाउन समय लाग्ने भएकाले तत्कालको लागि एक्स्रेको फिल्म लिएर आउँदै गरेको अवस्थामा ढुङ्गा प्रहार भयो । बिरामी माथी भाग्य बस केहि भएन । तर बिरामी र एम्बुलेन्स चालक माथि तनावको स्थिति भयो । चालकले एम्बुलेन्स नै नचालाउने भन्न थाले । मैले सम्झाएर चलाउन लाए । बिरामी जिवन नै हाम्रो लागि ठुलो कुरा हो सम्बन्धित पक्षले गम्भिर हुन जरुरी छ ।”


सामाजिक सञ्जालमा पोस्ट गर्दै अस्पतालले लेखेको छ ‘यो घटना प्रति अस्पताल घोर भत्र्सना गर्दछ, स्वास्थ्य जस्तो संवेदनशील विषयसँग सम्बन्धित कुरामा भएको यस्तो खालको गतिविधिले एम्बुलेन्स चालक लगायत अन्य स्वास्थ्यकर्मीमा डर त्रास छाएको छ, निरूत्साहित बनाएको छ ।’ अस्पतालले बन्दको समयमा पनि झडपमा घाइते भएका बन्दकर्ता होस् या सुरक्षाकर्मी या आम सर्वसाधारण, सबैलाई अस्पतालले निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै अस्पताल स्वास्थ्य सेवा दिन हरसमय तत्पर रहेको जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १६:२४

“अञ्जिला प्रिमियर शो” का एक दर्शक

ई. वीरेन्द्र श्रेष्ठताप्लेजुङ । मुन लभ इन्टरटेन्मेन्ट प्रा. लि. द्वारा

ताप्लेजुङमा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

ताप्लेजुङ। ताप्लेजुङमा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

ताप्लेजुङमा मर्यादित होली मनाउन जिल्ला प्रशासनको आग्रह

ताप्लेजुङ। ताप्लेजुङमा जबरजस्ती नगरी होली खेल्न आग्रह गरिएको छ ।

ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख क्षति

ताप्लेजुङ । ताप्लेजुङको मेहेलेमा आगलागी हुँदा ६ लाख रुपियाँको क्षति

स्ववियु पाथीभरा क्याम्पसको २ वर्षे कार्यप्रगति : प्राथमिक उपचारको व्यवस्था देखि छात्रवृत्ति सम्मको पहल

ताप्लेजुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पाथीभरा क्याम्पसले आफ्नो प्रगति