केबलकार विवाद : माग पुरा नभए माघ २० र २१ गते ९ जिल्लामा आमहड्ताल गरिने



रेडियो काबेली
ताप्लेजुङ ।
मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मेचि राजमार्ग र तमोर करिडोर सहित तेह्रथुमबाट ताप्लेजुङ भित्रिने र बाहिरीने यातायात बन्द १९ गते सम्म रहने र सो दिनसम्म पनि माग पुरा नभए माघ २० र २१ गते ९ जिल्ला आमहड्ताल गर्ने जनाएका छन् । विभिन्न ९ अन्तरदलीय संघर्ष समितीले जारी गरेको प्रेस विज्ञप्तीमा आफ्ना माग पुरा नभए २० र २१ गते ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा लिम्बुवान क्षेत्र आमहड्ताल गर्ने जनाएका हुन् । २१ गते सम्म पनि माग पुरा नभए माघ २२ गतेदेखि अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिने अन्तरदलीय संघर्ष समितिले जनाएका छन् ।


केबलकार खारेज गर्नुपर्ने, गिरफ्तार गरिएका संस्कृतिप्रेमीहरू प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई बिना सर्त रिहा गर्नुपर्ने, काफ्लेपाटीमा राखिएका सशस्त्र र जनपथ प्रहरी फिर्ता गरिनुपर्ने केबलकारवाला चन्द्र ढकालले गोली लागेका घाइतेहरूको आजिबन जिवन निर्वाहको व्यवस्था गर्नुपर्ने विज्ञप्तीमा माग गरिएको छ । त्यस्तै चन्द्र ढकालको ग्लोबल आइएमइ बैंक माघ २० गतेदेखि बन्द गरिने समेत विज्ञप्तीमा जनाईएको छ ।

अन्तर्दलीय राजनितिक पार्टीहरुको तर्फबाट विज्ञप्तीमा राष्ट्रिय मुक्ति पार्टीको तर्फबाट अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट अध्यक्ष कुमार लिङ्देन “मिराक”, पहिचानवादी मोर्चाको तर्फबाट संयोजक प्रा। डा। महेन्द्र लावतीले, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समितिको तर्फबाट मुख्य सचिव सञ्जय राईले, जसपा सम्वद्ध किरात राष्ट्रिय समितिको तर्फबाट अध्यक्ष रमेश राईले हस्ताक्षर गर्नुभएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेश नं. १ अध्यक्ष धन बहादुर पन्धाक, नेपाल जनमुक्ती पार्टीको तर्फबाट उपाध्यक्ष भक्त खेवाङ, मंगोल नेसनल अर्गनाइजेसन पार्टीको तर्फबाट प्रदेश नं। १ अध्यक्ष नयन्द्र चाम्लिङले र किरात लिम्बूवान प्रदेश समितिको तर्फबाट अध्यक्ष गजेन्द्र पालुङवाले हस्ताक्षर गर्नुभएको छ । बन्दका कारण तिर्थयात्री सँगै सर्वसाधारणलाई भने समस्या भएको छ । गत शनिबार पाथीभराको बलु डाँडामा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप हुँदा प्रहरी सहित आन्दोलनकारी समेत घाईते भएका थिए ।

प्रकाशित मिति : 12:04 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक