ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने दुई व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लामा १४ वर्षीय नाबालिकालाई प्रलोभनमा पारी जवरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ललाई फकाई मोबाईल किनि दिएर माघ १२ गते करणी गरेको आरोपमा प्रहरीले ६७ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त नाबालिकालाई जिल्ला बाहिरका ३२ वर्षीय पुरुषले समेत २०८१ वैशाख १५ गते फकाएर करणी गरेको आरोपमा सोमबार नै पक्राउ गरि अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाईएको छ । ६७ वर्षीय पुरुषलाई भने मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ (३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई बिस्तृत अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी शर्माको भनाई छ ।

प्रकाशित मिति : 4:59 pm

ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध

प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै

ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको