ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने दुई व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लामा १४ वर्षीय नाबालिकालाई प्रलोभनमा पारी जवरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ललाई फकाई मोबाईल किनि दिएर माघ १२ गते करणी गरेको आरोपमा प्रहरीले ६७ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त नाबालिकालाई जिल्ला बाहिरका ३२ वर्षीय पुरुषले समेत २०८१ वैशाख १५ गते फकाएर करणी गरेको आरोपमा सोमबार नै पक्राउ गरि अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाईएको छ । ६७ वर्षीय पुरुषलाई भने मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १४ (३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई बिस्तृत अनुसन्धान कार्य भई रहेको सुचना अधिकारी शर्माको भनाई छ ।

प्रकाशित मिति : 4:59 pm

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

कार्यसम्पादनमा सिरिजङ्घा प्रथम

ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका