ताप्लेजुङमा ७ हजार बढी छात्रालाई एचपीभी खोप लगाइने




एलिना दियाली
ताप्लेजुङ ।
राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत ताप्लेजुङका कक्षा ६ देखि १० सम्म अध्यनरत ७हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप दिइने भएको छ । उक्त भाइरस विरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्याङ्क सङ्कलन कार्य सकिएको तथा आवश्यक खोप आइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यलय ताप्लेजुङका प्रमुख कुलबहादुर पौडेलका अनुसार विद्यालय र बिद्यालय बाहिरका गरी जिल्लामा कुल७ हजार १ सय १८ जना छात्राहरुलाई उक्त खोप दिईनेछ । खोप कार्यक्रम पहिलो चरण माघ २२ देखी २६ गते र दोस्रो चरण माघ २८ गतेदेखी फाल्गुन ३ गतेसम्म सञ्चालनहुनेछ ।


स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा फुङलिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका, सिरिजंघा गाउँपालिाका र सिदिङ्वा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । त्यस्तै दोस्रो चरणमा फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
पहिलो चरण अन्तरगत फुङलिङ नगरपालिकामा विद्यालय भित्रका १ हजार ७ सय ५० र विद्यालय बाहिरका ३ सय ४८ गरि २ हजार ९८ जना, पाथीभरा याङवरक गाउँपालिकामा विद्यालय भित्रका ४ सय ४२ र विद्यालय बाहिरका ९० जना गरी ५ सय ३२ जना छात्रालाई विद्यालय साथै वडा कार्यलय मार्फत खोप दिईनेछ । त्यस्तै सिरिजंघा गाउँपालिकामा विद्यालय भित्रका ६ सय ७८ र विद्यालय बाहिरका १ सय ४३ गरी ८ सय २१ जना, र सिदिङ्वा गाउँपालिकामा विद्यालय भित्रका ५ सय ४६ जना र विद्यालय बाहिरका ९५ गरी ६४१ जना छात्रालाई खोप दिईनेछ ।


त्यस्तै दोस्रो चरण अन्तरगत फक्ताङलुङ गाउँपालिकामा विद्यालय भित्रका ५ सय ६० र विद्यालय बाहिरका ९२ गरी ६ सय ५२, मिक्वाखोला गाउँपालिकामा विद्यालय भित्रका ३ सय ५८ र विद्यालय बाहिरका ७६ गरी ४ सय ३४, मेरिङदेन गाउँपालिकामा विद्यालय भित्रका ५ सय ३५ र विद्यालय बाहिरका १०७ गरी ६ सय ४२ जना छात्रालाई खोप दिईनेछ । त्यस्तै आठराई त्रिवेणी गाउँपालिकामा विद्यालय भित्रका ५ सय ३४ र विद्यालय बाहिरका १ सय २२ गरी ६ सय ५६ र मैवाखोला गाउँपालिकामा विद्यालय भित्रका ५ सय ५१ र विद्यालय बाहिरका ९१ गरि ६ सय ४२ जनालाई एचपिभि खोप लगाईने छ ।


खोप लगाउनका लागि कक्षा ६ देखी १० सम्म अध्ययन हुने विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्था गरी २ सय २३ स्थानलाई केन्द्र तोकिएको छ ।उक्तखोप अभियानमा६ सय ६९ जना स्वास्थ्यकर्मी एवं स्वयं सेवक खटिनेछन् । सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट प्रमाणित उक्तखोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष दुई हजार दुई सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये एक हजार तीन सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : 1:38 pm

मेरिङदेनमा विशेष संरक्षण आवश्यक बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आमा–बाबु गुमाएका

ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङका जेहनदार विद्यार्थीलाई शैक्षिक सामाग्री

मिक्वाखोलाको बजेट ४६ करोड ३३ लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ४६ करोड

पाथीभरा याङवरकको बजेट ५२ करोड ८० लाख

ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले ५२

फक्ताङलुङको बजेट ५८ करोड ५५ लाख बढी, खेलाडी र पर्वतारोही सम्मानित

ताप्लेजुङ, असार १० गते । फक्ताङलुङ गाउँपालिकाले ५८ करोड ५५