‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ



ताप्लेजुङ । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँलेनै गर्नु भएको थियो ।’ मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् ।

पाथीभरा केबलकार खारेजी, पक्राउ परेका कार्यकर्ता रिहा लगायतको माग राख्तै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाले मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चित यातायात बन्दको आव्हान गरेका छन् ।

मेची राजमार्गमा पाँचथर, इलामदेखि झापाको चारआली तथा तमोर करिडोरमा पाँचथर, धनकुटाको मूलघाटसम्म पर्छ । यो सडक भेडेटार हुँदै धरान जोडिन्छ । कान्तिपुर

प्रकाशित मिति : 12:29 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि