‘नो केबलकार समूह’ का प्रदीप मादेन पक्राउ



ताप्लेजुङ । पाथीभरामा भएको झडपको विषयलाई लिएर मेची राजमार्ग र तमोर करिडोर यातायात बन्दको आव्हान गरेको ‘नो केबलकार समूह’ का अगुवा मध्येका एक प्रदीप मादेनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सदरमुकाम फुङलिङको कोप्चेबाट उनलाई पक्राउ गरेको आन्दोलन समूहका अगुवा कीर्तिमान मादेनले बताए ।

गत माघ १२ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको र त्यस दिनको हुल हुज्जतको नेतृत्व गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘उहाँले प्रमुख जिल्ला अधिकारीलाई फोनबाट धम्क्याउनु भएको थियो र १२ गतेको हुलहुज्जतको नेतृत्व पनि उहाँलेनै गर्नु भएको थियो ।’ मादेन पहिचानवादी मोर्चा ताप्लेजुङको संयोजक पनि हुन् ।

पाथीभरा केबलकार खारेजी, पक्राउ परेका कार्यकर्ता रिहा लगायतको माग राख्तै मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुम चुम्लुङ लगायतका संस्थाले मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चित यातायात बन्दको आव्हान गरेका छन् ।

मेची राजमार्गमा पाँचथर, इलामदेखि झापाको चारआली तथा तमोर करिडोरमा पाँचथर, धनकुटाको मूलघाटसम्म पर्छ । यो सडक भेडेटार हुँदै धरान जोडिन्छ । कान्तिपुर

प्रकाशित मिति : 12:29 pm

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत