माघ १५ गते देखि अनिश्चितकालका लागि ताप्लेजुङ भित्रिने सबै यातायात बन्दको घोषणा, ग्लोबल आइ.एम.ई बैँक बन्द गर्नुपर्ने 



ताप्लेजुङ । पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले मङ्गलबार (माघ १५) गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । ६ वटा सङ्घर्ष समितिले आज संयुक्त विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा हो । 

मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने नाकाहरूमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले जानकारी दिनुभयो । केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्धाहरूको बिनासर्त रिहाई, झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ । 

यस्तै मुकुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । यस्तै शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रवेश गरेको सङ्घर्षरत पक्षले बताएको छ । शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षको भनाई छ ।

ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.ई बैँक बन्द गर्नुपर्ने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रवेशमा  रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङ्क, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका विषयमा कोणसभा गर्ने पनि विज्ञप्ति मार्फत जनाइएको छ ।  

प्रकाशित मिति : 5:55 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ