पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केबुलकार निर्माण योजना खारेज गर्न राजेन्द्र महतोको माग



ताप्लेजुङ। राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको फुङलिङमा अवस्थित मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार बनाउने योजनालाई खारेज गर्न माग गरेका छन् । अध्यक्ष महतोले आइतबार एक विज्ञप्ति जारी गरी त्यस्तो माग गरेका हुन् । पाथीभरा मुक्कुमलुङ क्षेत्रमा हुन लागेको केबलकार निर्माण कार्यलाई त्यहाँको स्थानीय समूहले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । स्थानीयवासी ‘नो केबलकार समूह’ गठन गरेर नै आन्दोलनमा उत्रिएका छन् ।

ती समूहमाथि प्रहरीले दमन गरेको भन्दै अध्यक्ष महतोले त्यसको भर्त्सना गरेका हुन् । उनले भनेका छन्, हिजो बेलुकी शान्तिपूर्ण रूपमा आफ्ना आस्था, संस्कृति र पहिचान जोगाउन भेला भएका नागरिकहरूमाथि प्रहरीले गोली प्रहार गरी घाइते बनाएका छन् । प्रहरीको गोलीबाट यामबहादुर लिम्बू, सगुन लावती, धर्मान पालुङ्वा र मंगल लावती गम्भीर घाइते भएको अध्यक्ष महतोले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अध्यक्ष महतोले भनेका छन्– मुक्कुमलुङ (पाथीभरा) कुनै साधारण स्थल होइनस यो सम्पूर्ण नेपालीहरूको आस्था, परम्परा र विश्वासको धरोहर हो । यो मात्र एक भूमि होइन, आस्थावानहरुको पुर्खाहरूको आत्मा बस्ने स्थल हो । यसलाई कुनै एक व्यक्तिको नाफा र घाटाको रूपमा प्रयोग गर्नु दिनुहुँदैन यसलाई प्राकृतिक रूपमा जस्तो छ त्यस्तै रहन दिनुपर्छ र रैथाने परम्परा अनुसार नै यसको पुजा, आराधना हुनुपर्दछ ।’

प्राकृतिक स्वरूपमा रहेको यस्तो पवित्र स्थललाई अस्थिरता र विनाशतर्फ धकेल्ने कुनै पनि प्रयासलाई दृढताका साथ अस्वीकार गर्ने उल्लेख गर्दै महतोले आस्था र धरोहर प्राणभन्दा प्रिय हुन्छ भन्ने पुर्खाहरूका वाणीलाई वर्तमान पुस्ताले पनि आत्मसात् गरी सकेको उल्लेख गरेका छन्

कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण बिना हुन नसक्ने बताउँदै उनले आन्दोलनरत पक्षसँग वार्ता र संवादमार्फत समस्या समाधान गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार १४:५४

नेविसङ्घको स्थापना दिवसमा साहित्य सृजना प्रस्तुती 

ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घको ५६ औं स्थापना दिवसको अवसरमा

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो