केबलकार खारेजी पक्ष र प्रहरी बिच भएको झडपमा गोली चल्दा प्रहरी सहित २४ घाईते




रेडियो काबेली । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले शनिबार बेलुका गोली चलाएको छ । प्रहरीले आफुमाथि आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेलले भन्नुभयो‘उनीहरू माथि थिए, माथिबाट प्रहरीमाथि आक्रमण भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ ।

उक्त आक्रमणमा ११ नेपाल प्रहरी, ९ सशस्त्र प्रहरी र ४ बिरोधी समुहका व्यक्ति गरि २४ जना घाईते भएका छन् । शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर बिरोधी समुहका तेह्रथुमको म्याङलुङ नगरपालिका बडा नं.९ का ३६ वर्षका याम बहादुर लिम्बुको बाँया खुट्टाको फिलामा गोली लागि घाईते हुनुभएको छ । उहाँको जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।


त्यस्तै बिरोधी समुह कै पाँचवर मिक्लाजुङ गा.पा. ५ का सगुन लावती अगाडीको बाँया छातिबाट गोली लागि पछाडीबाट बाहिरीएको अवस्था मध्यम रहेकोे र फुङलिङ न.पा.८ का वर्ष २० का धर्म पालुङ्वाको बाँया कुममा चोट लागि हड्डी भाँचिएको र दुबै जनालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । त्यस्तै विरोधी समुह कै पाँचथर मिक्लाजुङ गाउँपालिकाका वर्ष १७ का मंगोल लावतीको बाँया आँखाको आखिभौमा चोट लागि घाईतेको भएको र उहाँको जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।


झडपमा ११ नेपाल प्रहरी घाईते भएका छन् । त्यस्तै झडपमा ९ सशस्त्र प्रहरी घाईते भएका छन् । आइतबारबाट आन्दोलनका लागि भन्दै पहिचान पक्षधरहरू बलुडाँडामा भेला भएका थिए । यो क्षेत्र पहिचान पक्षधरले सेल्टरको रूपमा प्रयोग गर्दै आएका छन् ।

प्रहरी टोली पहिचान पक्षधरलाई तितरबितर पार्न शनिबार दिउँसो सो क्षेत्रमा पुगेको थियो । त्यसक्रममा आन्दोलनका लागि तयारी अवस्थामा राखेका केही सामग्री पनि प्रहरीले बरामद गरेको थियो । बेलुका फेरि प्रहरी पुगेपछि आन्दोलनरत पक्षले माथिबाट रोक्न खोजेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको हो । शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेर गोली प्रहार गरेको किराँत याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताउनुभयो ।


केबलकार खारेजी पक्षद्वारा प्रहरी माथि आक्रमण, अवस्था नियन्त्रणमा लिन फायरिङ्
ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माण विरुद्ध शनिबार केबलकार खारेजी पक्षले प्रहरी माथि आक्रमण गरेको छ । फुङलिङ न.पा. ११ बल्लुडाँडा स्थित रहेका ३÷४ वटा घरमा पहिचानवादीहरुले घरेलु हतियार लुकै छिपाई राखेको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीको टोली बुझ्न जाने क्रममा एक्कासि प्रहरी टोली माथि ढुङ्गा मुढा गरी आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।


उहाँका अनुसार सम्झाई बुझाई गर्दा समेत नमाने पछि प्रहरीबाट ५ सेल र सशस्त्र प्रहरीबाट ५ सेल अश्रुग्यास र २ ग्यास ग्रिनेट फायर गरिएको छ भने तत्कालको अवस्था समान्य रहेको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । घरेलु हतियार खुकुरी तीनवटा र गुलेली बरामद गरिएको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीको फायरीङबाट विशाल श्रेङलाई घाईते भएको आन्दोलनरत पक्षले जनाएको छ ।

गत माघ ८ गतेबाट केबलकार निर्माणको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीको लागि काफ्लेपाटीमा सुरक्षा बेस निर्माण कार्य सुरु गरिएको थियो ।

त्यस पश्चात माघ १० गते किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासङ्घ, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, किराँत राई यायोक्खा, नेपाल शेर्पा सङ्घ, पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, जसपा नेपाल प्रदेश नं. १, जसपा किराँत राष्ट्रिय समिति, राष्ट्रिय आदिवासी महिला सङ्घ र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति निकाल्दै मुन्धुमि स्थलमा केबलकार निर्माण तत्काल खारेज गरि सैन्यकरण बन्द गर्न आग्रह गरेका थिए ।


उक्त कार्य नगरेमा आमहड्ताल सहितका सङ्घर्ष र आन्दोलनका कार्यक्रम गर्ने र उक्त आन्दोलनको सम्पूर्ण क्षतिको जिम्मा केबलकार निर्माण पक्ष र सरकारले लिनुपर्ने जनाएको थियो । जिल्लामा केबलकार निर्माण गरे जिल्लावासीलाई फाइदा हुने निर्माण पक्षले बताउँदै निर्माण कार्य अघि बढाई रहेको छ भने केबलकार खारेजी पक्षले मुन्धुमी स्थलमा केबलकार निर्माण गर्नु हुँदैन भन्दै आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आईतवार ०८:१७

ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र

ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा

सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एमाले ताप्लेजुङले वृहत जनसभामा गर्ने

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले गणतान्त्रिक जागरण सभा गर्ने भएको

सोमवार इदको सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र ९इद० को