फक्ताङलुङमा पिकअप दुर्घटना, ६ घाईते दुईको अवस्था गम्भिर




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिकामा शनिबार पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । शनिबार दिउँसो ताप्लेजुङ सदरमुकामबाट फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदै गरेको बा ०३–००१ ज ४१५ को पिकअप पालिकाको वडा नं. ५ स्थित सिगुवाखोलामा ब्रेक फेल भएर दुर्घटना भएको पालिका अध्यक्ष राजन लिम्बुले बताउनुभयो ।


उहाँका अनुसार दुर्घटनामा पिकअपमा सवार पाालिकाको वडा नंं. ५ का वर्ष ५० का दिपेन्द्र लिम्बुको बाँया हात भाच्चिएको, सोही ठाउँका वर्ष १८ को रोश्नी लिम्बुको ढाडमा ठोक्कि समस्या भएको,वर्ष २५ को दिनेश लिम्बुको निधारमा सामान्य चोट लागेको, सुरेन्द्र लिम्बुेको १३ महिनाको छोरि भावना लिम्बुको बाँया पटीको हातमा सामान्य चोट लागेर घाईते भएका छन् ।
त्यस्तै पालिकाको वडा नं. ६ को युनिसा लिम्बुको छोरी १४ महिनाको सेसेहाङ लिम्बुको चोट लागेको र भारतको कालेम्पुङ घर भई हेल्लोक ससुराली आउँदै गरेका वर्ष ४३ का सुरज लिम्बुको ढाड कम्मरमा चोट लागि घाईते भएका छन् ।


घाईतेको प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक नीरिक्षक निमा शेर्पाको कमाण्डमा खटिएको टोलि र र स्थानीयको सहयोगमा उद्धार गरी स्थानीय आधारभुत स्वास्थ्य चौकी तापेथोकमा उपचार गरि थप उपचारका लागि पालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पठाईएको पालिकाले जनाएको छ । घाईते मध्ये दिपेन्द्र लिम्बु र रोश्नी लिम्बुको अवस्था गम्भिर रहेको बताईएको छ । गाडी चालक पालिकाको वडा नं. ५ का वर्ष २५ का पृतिसिंह लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । गाडीमा ८ जना सवार रहेकोमा अरुको अवस्था सामान्य रहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।

प्रकाशित मिति : 9:34 pm

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई