फक्ताङलुङमा पिकअप दुर्घटना, ६ घाईते दुईको अवस्था गम्भिर




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिकामा शनिबार पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । शनिबार दिउँसो ताप्लेजुङ सदरमुकामबाट फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदै गरेको बा ०३–००१ ज ४१५ को पिकअप पालिकाको वडा नं. ५ स्थित सिगुवाखोलामा ब्रेक फेल भएर दुर्घटना भएको पालिका अध्यक्ष राजन लिम्बुले बताउनुभयो ।


उहाँका अनुसार दुर्घटनामा पिकअपमा सवार पाालिकाको वडा नंं. ५ का वर्ष ५० का दिपेन्द्र लिम्बुको बाँया हात भाच्चिएको, सोही ठाउँका वर्ष १८ को रोश्नी लिम्बुको ढाडमा ठोक्कि समस्या भएको,वर्ष २५ को दिनेश लिम्बुको निधारमा सामान्य चोट लागेको, सुरेन्द्र लिम्बुेको १३ महिनाको छोरि भावना लिम्बुको बाँया पटीको हातमा सामान्य चोट लागेर घाईते भएका छन् ।
त्यस्तै पालिकाको वडा नं. ६ को युनिसा लिम्बुको छोरी १४ महिनाको सेसेहाङ लिम्बुको चोट लागेको र भारतको कालेम्पुङ घर भई हेल्लोक ससुराली आउँदै गरेका वर्ष ४३ का सुरज लिम्बुको ढाड कम्मरमा चोट लागि घाईते भएका छन् ।


घाईतेको प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक नीरिक्षक निमा शेर्पाको कमाण्डमा खटिएको टोलि र र स्थानीयको सहयोगमा उद्धार गरी स्थानीय आधारभुत स्वास्थ्य चौकी तापेथोकमा उपचार गरि थप उपचारका लागि पालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पठाईएको पालिकाले जनाएको छ । घाईते मध्ये दिपेन्द्र लिम्बु र रोश्नी लिम्बुको अवस्था गम्भिर रहेको बताईएको छ । गाडी चालक पालिकाको वडा नं. ५ का वर्ष २५ का पृतिसिंह लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । गाडीमा ८ जना सवार रहेकोमा अरुको अवस्था सामान्य रहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार २१:३४

ताप्लेजुङका स्थानीय तहहरूले प्राथमिकता दिन थाले अल्लोलाई

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ

ताप्लेजुङमा तमोर नदीले बगाएर बालिका बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर एक बालिका बेपत्ता भएका

वातावरण दिवस : ताप्लेजुङमा वृक्षरोपण सहित विभिन्न कार्यक्रम गरि मनाइयो

रेडियो काबेली  ताप्लेजुङमा । ताप्लेजुङमा पनि ५३ औँ विश्व वातावरण

ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु 

ताप्लेजुङ । ताप्लेजुङमा विज्ञान लेखन पत्रकारिता तालिम सुरु भएको छ