रेडियो काबेली
ताप्लेजुङ । “२४ औँ सशस्त्र प्रहरी दिवस २०८१” को अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वाटर कञ्चनजंघाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ताप्लेजुङमा रहेर काम गरिरहेका उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरेको हो ।
आर्थिक वर्ष २०८१÷०८२ मा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली, सशस्त्र प्रहरी नायव निरीक्षक जीवन पतङ्वा र कृष्णदेव यादव, सशस्त्र प्रहरी साहायक हवल्दार डिक बहादुर तामाङ्ग र सशस्त्र प्रहरी परिचर दिनेश थापा मगरलाई सम्मान गरिएको हो ।
त्यस्तै बोर्डर आउट पोष्ट (बिओपी) ओलाङचुङगोलामा कार्यरत सशस्त्र प्रहरी जवान आदिम गुरुङ, सुरक्षा बेस सिनाममा कार्यरत सशस्त्र प्रहरी जवान राम कुमार खंग र सुरक्षा बेश ढुङ्गेसाँघुमा कार्यरत सशस्त्र प्रहरी जवान वकिल शाह पुरस्कृत हुनुभएको छ ।
त्यस्तै विभिन्न महिनामा उत्कृष्ट कार्य गरि महिनाको उत्कृष्ट सशस्त्र प्रहरी हुन सफल सशस्त्र प्रहरीलाई समेत पुरस्कृत गरिएको छ । जसमा सशस्त्र प्रहरी जवान अमरेश कुमार यादव असोज महिना, सशस्त्र प्रहरी सहायक हवल्दार कुमारी मिना थारु कार्तिक महिना, सशस्त्र प्रहरी हवल्दार उमेश कुमार माझी मंसिर महिना र सशस्त्र प्रहरी जवान झनक बाँनियालाई पौष महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गरिएको छ ।
उत्कृष्ट सशस्त्र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी पौडेल, राष्ट्रिय अनुसन्धान ताप्लेजुङका उप अनुसन्धान निर्देशन सञ्जय मण्डल, दुर्गादल गुल्मका सेनानी बिक्रम खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावल र सशस्त्र प्रहरी बल नेपाल नं। १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश मर्हजनले प्रशंसा पत्र एव खादा लगाएर सम्मान गुर्न भएको हो ।
दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी पौडेलले ताप्लेजुङ जिल्लालाई सुरक्षीत छ भन्ने कुरा आम जनमानसमा पर्ने गरि काम गरि रहेको र यस्लाई कायम राख्न आवश्यक रहेको बताउँदै विपद्को समयमा विगतमा जस्तै सँधै आवश्यक सहकार्य एव समन्वय रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“ जुनसुकै बेला राष्ट्रमा हुने आपत्त विपद्को समयमा सशस्त्र प्रहरी खरो रुपमा उत्रिनु पर्ने अवस्था छ, त्यस्को लागि हर्दम तयार भएर सशस्त्र प्रहरी बस्नेछ भन्ने विश्वास लिएको छु । त्यस्तै गरि ताप्लेजुङको शान्ति व्यवस्था कायम गर्न, माथिल्लो कमाण्डको आदेशलाई शिरोपर गर्दै आफ्नो कर्तव्य पथमा सशस्त्र प्रहरी लम्कि रहोस भन्ने शुमकामना व्यक्त गर्दछु । कर्तव्य पथमा लाग्दै गर्दा संगठनको निती, नियमभित्र रहेर काम गर्दै गर्दा यहाँहरु प्रति आउने सबै खालका समस्यालाई आफ्नो समस्या ठानेर समन्वय गर्न सदैव तयार रहने विश्वास दिलाउँदछु ।”
त्यस्तै सशस्त्र प्रहरी नायव उपरीक्षक मर्हजनले दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै भन्नुभयो,“ सशस्त्र प्रहरीले विगत देखी नै सशस्त्र संघर्ष नियन्त्रण, आताङ्कककारी गतिवीधि नियन्त्रण, सिमा सुरक्षा, राजस्व तथा भन्सार गस्ती, हुल तथा दङ्गा नियन्त्रण, विपद् व्यवस्थापन जस्ता गहन जिम्मेवारी पुरा गर्दै आईरहेको छ । कोही कसैको एकल प्रयासले मात्र सुरक्षाको पुर्ण प्रत्याभुति हुन सक्दैन । स्थानीय प्रशासन, सम्पुर्ण सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरु सबै पक्षसँगको समन्वय र सहकार्यमा मात्रै यो सम्भव हुने भएकोले यसतर्फ पुर्ण सजग भएर कार्य गरि रहेका छौँ । । साथै सम्पुर्ण सशस्त्र प्रहरीलाई आफ्नो कर्तव्य पालना गर्द आग्रह गर्दछु ।”
दिवसको अवसरमा “क्विक ईम्प्याक्ट प्रोजेक्ट” अन्तरगत गुल्म र फुङलिङ नगरपालिका २ नं। वडा कार्यालयको सहकार्यमा गुल्म परिसरमा निर्माण गरिएको विश्रामस्थल ९ सार्वजनिक चौतारो० को समुद्धघाटन समेत गरिएको गरिएको छ ।
प्रतिक्रिया