नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक



काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको शक्ति युट्युबमा सार्वजनिक भएको छ । राजन मुकारुङको परिकल्पना तथा नाट्य रूपान्तरण र रंगकर्मी पवित्रा राईको निर्देशन रहेको नाटक “मुक्कुमलुङ” बुधबार मुन्धुम फिल्मस् युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । याक्थुङ (लिम्बू) समुदायको जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा ‘मुक्कुमलुङ’ विश्वास र आस्थाको धरोहर मानिन्छ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको उपाध्यक्ष समेत रहेका डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित यो नाटकमा याक्थुङ लिम्बूहरुको संस्कार संस्कृति परम्परा , कला , साहित्य, संगित, प्रेम, अस्तित्व रक्षा र आन्दोलन लगायत विविध पक्ष समावेस गरिएको छ । कथासङ्ग्रह ‘डोलीभर्ना’मा पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयमा लेखिएका १५ वटा कथा संग्रहित छन्। सञ्जीत थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन रहेको नाटकमा विशेष गरी हाल पाथीभराको नामले चिनिने मुक्कुमलुङ डाँडाको रैथाने नाम कायम गर्न गरिएको सङ्घर्षबारे देखाउन खोजिएको छ।

फेदाङ्‌मा, साम्बा, येबा येमाहरुले मुन्धुम फलाक्दा यसलाई विभिन्न नामले पुकार्ने गर्छन् । मुन्धुमअनुसार, मुक्कुमलुङ आदिवासी याक्थुङहरुको परम पूज्य ‘तागेरानिड्वाफुमाङ’ को वासस्थान समेत हो। नाटकमा कलाकारहरू रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमीला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्ज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, र हिरन राई लगायतको अभिनय रहेको छ। नाटकको स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ “केवाफुङ” रहेका छन् ।
मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रूपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

भिडियो : https://youtu.be/SZ7ENTcVo78?si=fSU-aVTzYgyx1ZJZ

प्रकाशित मिति : 6:27 pm

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा

हिमाली सीमावर्तीमा हुने चोरीको निगरानी गर्न प्रहरीको गस्ती

साहारा लिम्बू ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला प्रहरी कार्यालय