नाटक “मुक्कुमलुङ” विश्वासको शक्ति युट्युबमा सार्वजनिक



काठमाडौं । डा.चित्र माबोको कथासंग्रह “डोलीभर्ना”मा आधारित नाटक मुक्कुमलुङ विश्वासको शक्ति युट्युबमा सार्वजनिक भएको छ । राजन मुकारुङको परिकल्पना तथा नाट्य रूपान्तरण र रंगकर्मी पवित्रा राईको निर्देशन रहेको नाटक “मुक्कुमलुङ” बुधबार मुन्धुम फिल्मस् युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । याक्थुङ (लिम्बू) समुदायको जीवन दर्शन व्याख्या गर्ने मुन्धुममा ‘मुक्कुमलुङ’ विश्वास र आस्थाको धरोहर मानिन्छ।

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको उपाध्यक्ष समेत रहेका डा. चित्र माबोको कथासङ्ग्रह ‘डोलीभर्ना’मा आधारित यो नाटकमा याक्थुङ लिम्बूहरुको संस्कार संस्कृति परम्परा , कला , साहित्य, संगित, प्रेम, अस्तित्व रक्षा र आन्दोलन लगायत विविध पक्ष समावेस गरिएको छ । कथासङ्ग्रह ‘डोलीभर्ना’मा पूर्वी पहाडी क्षेत्रको जनजीवन, त्यस क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायको मुन्धुमी संस्कृति र अन्य समसामयिक विषयमा लेखिएका १५ वटा कथा संग्रहित छन्। सञ्जीत थुलुङको म्युजिक डिजाइन, मणि किरातीको सेट डिजाइन र सञ्जीव योगीको लाइट डिजाइन रहेको नाटकमा विशेष गरी हाल पाथीभराको नामले चिनिने मुक्कुमलुङ डाँडाको रैथाने नाम कायम गर्न गरिएको सङ्घर्षबारे देखाउन खोजिएको छ।

फेदाङ्‌मा, साम्बा, येबा येमाहरुले मुन्धुम फलाक्दा यसलाई विभिन्न नामले पुकार्ने गर्छन् । मुन्धुमअनुसार, मुक्कुमलुङ आदिवासी याक्थुङहरुको परम पूज्य ‘तागेरानिड्वाफुमाङ’ को वासस्थान समेत हो। नाटकमा कलाकारहरू रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रमीला राई, प्रायस बान्तवा राई, शायोक मुकारुङ, दिवस पयांगु, उदय बेघा लिम्बू, स्मृति कुलमर, उज्ज्वल बान्तवा राई, लहना राई, सुजु सुनुवार, रमिला मोक्तान, आकाश नेपाली, इन्दिरा नेम्वाङ, गोविन्द लिम्बू, र हिरन राई लगायतको अभिनय रहेको छ। नाटकको स्रोत व्यक्तिका रुपमा यासेली योङहाङ, स्वप्निल स्मृति र मधु केरुङ “केवाफुङ” रहेका छन् ।
मुक्कुमलुङलाई आदिवासी लिम्बू जातिले आफ्नो पवित्र आस्थाको केन्द्र एवं मुन्धुमी थलोका रूपमा मान्ने गर्छन् । जुन क्षेत्र अहिले पाथीभराका नामले प्रसिद्ध छ । पछिल्लो समय निजी क्षेत्रको कम्पनीले त्यहाँ केबलकार बनाउने परियोजना अघि बढाउन खोजेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

भिडियो : https://youtu.be/SZ7ENTcVo78?si=fSU-aVTzYgyx1ZJZ

प्रकाशित मिति : 6:27 pm

अनुमति बिना ड्रोन नउडाए आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक