माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने भएको छ । मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेभएको हो ।

भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले बताएको छ । यस्तै माघ १७ गते विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका अध्यक्ष भिरेन लिम्बूले जानकारी दिनुभयो ।

माघ १५ गतेदेखि हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ३१ हजार रुपैयाँ रहेको छ भने द्धित्तिय पुरस्कार कप, मेडल, प्रमाणपत्रसहित नगद ८१ हजार रुपैँया रहेको छ । यस्तै तृतिय हुने टिमलाई मेडल, प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि इन्ट्रि शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने इन्ट्रि माघ १४ गते बेलुका ५ बजेसम्म खुला रहनेछ । माघ १७ गते भने विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका सचिव सुवास लिम्बुले बताउनुभयो । खेलकुदको विकास सँगै पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 7:42 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ