माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने भएको छ । मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेभएको हो ।

भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले बताएको छ । यस्तै माघ १७ गते विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका अध्यक्ष भिरेन लिम्बूले जानकारी दिनुभयो ।

माघ १५ गतेदेखि हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ३१ हजार रुपैयाँ रहेको छ भने द्धित्तिय पुरस्कार कप, मेडल, प्रमाणपत्रसहित नगद ८१ हजार रुपैँया रहेको छ । यस्तै तृतिय हुने टिमलाई मेडल, प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि इन्ट्रि शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने इन्ट्रि माघ १४ गते बेलुका ५ बजेसम्म खुला रहनेछ । माघ १७ गते भने विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका सचिव सुवास लिम्बुले बताउनुभयो । खेलकुदको विकास सँगै पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 7:42 pm

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी

कञ्चनजंघा सहकारीको नाफा १३ लाख ९५ हजार

ताप्लेजुङ, असोज १६ गते । कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था