फुङलिङ नगरपालिकाद्धारा प्रहरीलाई मोटरसाइकल हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
फुङलिङ नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई एक थान मोटरसाईकल हस्तान्तरण गरेको छ । नगरपालिकाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गस्ती प्रयोजनका लागि मोटरसाईकल हस्तान्तरण गरेको हो । उक्त मोटरसाईकल सिम्ले प्रहरी चौकीलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

सिम्ले प्रहरी चौकीले गस्ती गर्नु पर्ने दुरी लामो भएको तर कुनै पनि यातायातको साधन नभएको अवस्थामा नगरपालिकासँग माग गरिए अुनसार नगरपालिकाले मोटरसाईकल उपलब्ध गराएको प्रहरी नायव उपरीक्षक रावलको भनाई छ । मंगलबार नगर प्रमुख अमिर मादेनले प्रहरी प्रमुख रावललाई हस्तान्तरण गर्नुभए सँगै उक्त मोटरसाईकल सिम्ले प्रहरी चौकीलाई हस्तान्तरण गरिएको छ । मोटरसाईकलले प्रहरीलाई गस्ती गर्न सहज हुने नगरपालिकाको विश्वास रहेको छ ।

प्रकाशित मिति : 9:34 pm

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा