पाथीभरा क्षेत्र विकास समितीद्धारा जिल्ला प्रहरी कार्यालयलाई ब्रेथलाईजर हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
पाथीभरा क्षेत्र विकास समितीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई २ थान ब्रेथलाईजर हस्तान्तरण गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत क्षेत्र विकासले ५ लाख मुल्य बराबरको ब्रेथलाईजर जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । सवारी दुर्घटना न्युनिकरण साथै पर्यटकको सुरक्षाको निम्ती ब्रेथलाईजर हस्तान्तरण गरिएको कार्यकारी निर्देशक हाङबाङको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार उक्त ब्रेथलाईजर एउटा जिल्लाको ट्राफिक प्रहरीलाई हस्तान्तरण गरि सकिएको छ भने एउटा काफ्लेपाटीमा रहेको पर्यटक प्रहरीलाई हस्तान्तरण गरिएको छ । पर्यटक प्रहरीलाई ब्रेथलाईजर हस्तान्तरण पछि सवारी चालक सँगै दर्शनार्थी सहयोगी (भरिया)ले समेत मादक पदार्थ र लागुपदार्थ सेवन गरेको छ छैन जाँच गरिनेछ । यदी गरेको पाईएमा सवारी सञ्चालन गर्न रोक लगाईनेछ भने भरियालाई समेत दर्शनाथी बोक्न रोक लगाईने प्रहरी प्रमुख रावलले बताउनुभयो ।

यस अघि नै पाथीभरा क्षेत्रलाई मदिरा निषेधीत क्षेत्र घोषणा गरिएको छ । ब्रेथलाईजर वितरणसँगै जिल्लामा हुने दुर्घटनामा कमी आउने विश्वास रहेको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो ।

प्रकाशित मिति : 8:21 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम