पाथीभरा क्षेत्र विकास समितीद्धारा जिल्ला प्रहरी कार्यालयलाई ब्रेथलाईजर हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ ।
पाथीभरा क्षेत्र विकास समितीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङलाई २ थान ब्रेथलाईजर हस्तान्तरण गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत क्षेत्र विकासले ५ लाख मुल्य बराबरको ब्रेथलाईजर जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । सवारी दुर्घटना न्युनिकरण साथै पर्यटकको सुरक्षाको निम्ती ब्रेथलाईजर हस्तान्तरण गरिएको कार्यकारी निर्देशक हाङबाङको भनाई रहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार उक्त ब्रेथलाईजर एउटा जिल्लाको ट्राफिक प्रहरीलाई हस्तान्तरण गरि सकिएको छ भने एउटा काफ्लेपाटीमा रहेको पर्यटक प्रहरीलाई हस्तान्तरण गरिएको छ । पर्यटक प्रहरीलाई ब्रेथलाईजर हस्तान्तरण पछि सवारी चालक सँगै दर्शनार्थी सहयोगी (भरिया)ले समेत मादक पदार्थ र लागुपदार्थ सेवन गरेको छ छैन जाँच गरिनेछ । यदी गरेको पाईएमा सवारी सञ्चालन गर्न रोक लगाईनेछ भने भरियालाई समेत दर्शनाथी बोक्न रोक लगाईने प्रहरी प्रमुख रावलले बताउनुभयो ।

यस अघि नै पाथीभरा क्षेत्रलाई मदिरा निषेधीत क्षेत्र घोषणा गरिएको छ । ब्रेथलाईजर वितरणसँगै जिल्लामा हुने दुर्घटनामा कमी आउने विश्वास रहेको कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो ।

प्रकाशित मिति : 8:21 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र