अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेनमा ३ सय बढीले लिए सेवा




रेडियो काबेली
ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेन गाउँपालिकामा ३ सय बढीले सेवा लिएका छन् । मेरिङदेन गाउँपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको समान लागत साझेदारी र राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ३ सय ६६ जनाले सेवा लिएका हुन् ।

गाउँपालिका अध्यक्ष युक हाँ बिर हाङ्गामा (डम्बर) का अुनसार शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यक पहिचान सम्बन्धी कार्यक्रम पालिकाको ६ वटै वडामा सञ्चालन गरिएको हो । उहाँका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरी ७ जनालाई अपाङ्गता सम्बन्धी रातो कार्ड, ३९ जनालाई निलो कार्ड, २१ जनालाई पहेँलो कार्ड र ३४ जनालाई सेतो कार्ड गरी जम्मा १०१ जनालाई परिचयपत्र वितरण गरिएको छ । केहि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था जटिल रहेको र तत्काल उपचार गराउनुपर्ने डाक्टरबाट सुझाब आएकोले उक्त सुझाब अनुसार उपचारमा गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष हाङ्गामले प्रतिवद्धता जनाउनुभयो ।

गत पुष ११ गते देखी सुरु भएको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मंगलबार सकिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख भावना घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सहजिकरण गर्ने डाक्टरहरुलाई समापन कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरिएको छ ।

प्रकाशित मिति : 8:55 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला