टङ्क भट्टराईको “दिलमायाको चिया दोकान” सार्वजनिक




रेडियो काबेली
ताप्लेजुङ । साहित्यकार एवं ताप्लेजुङका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी टङ्क भट्टराईको “दिलमायाको चिया दोकान” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार भाव सागर युटुब च्यानल मार्फत उक्त गितको भडियो सार्वजनिक भएको हो । गीतमा लोकप्रिय गायिका मिलन नेवार र वरीष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको छ भने संगीतकार राजनराज सिवाकोटीको संगीत संयोजन रहेको छ ।

उक्त गितलाई ए वान म्युजिसियन स्टुडियोमा किशोर थापाले रेकर्ड तथा मिक्स माष्टर गर्नु भएको छ । मिलन विश्वकर्माको निर्देशन रहेको गितको भिडियोको प्रोडक्सन पाथीभरा कृयशन हाउस प्रा. लि.का हर्कराज गुरुङले गर्नु भएको छ । भिडियोमा नव कलाकारहरु नवीन भट्टराई र मारियम सिवाको मुख्य अभिनयलाई देख्न सकिन्छ भने गितको कोरियोग्राफी बि बोइङ डान्स सेन्टरकी प्रोपाईटर हिमा बराईलीले गर्नुभएको छ । गितको भिडियोलाई भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगुले खिच्नु भएको हो । ताप्लेजुङको फुङलिङ बजार स्थित हेलिप्याडको तमोर एफ.एम. अगाडी अवस्थित यो चिया दोकानको लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ । गितको म्युजिक भिडियो ताप्लेजुङ जिल्ला पर्यभटीय स्थलहरुमा छायाङ्कन गरिएको हो ।

हेर्नुस भिडियो

प्रकाशित मिति : 4:56 pm

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते