सङ्घर्षले हात पार्‍यो स्व. पदम बहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधि



ताप्लेजुङ । प्रथम स्वर्गीय पदमबहादुर गुरुङ स्मृति खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि सङ्घर्ष स्पोर्टिङ क्लब उकाली पानीले हात परेको छ । सङ्घर्ष तमु ल्होसार पर्व २०८१ को अवसरमा फुङ्लिङ ६ स्थित लक्ष्मीटारमा आयोजित उक्त प्रतियोगिताको उपाधि हात पारेको हो । 

सोमबार सम्पन्न फाइनल खेलमा साथीभाइ युवा समूहलाई ४–२ गोल अन्तरले पराजित गर्दै सङ्घर्षले उपाधि हात पारेको छ । विजेता बनेसँगै सङ्घर्ष स्पोर्टिङले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता बनेको साथीभाइले ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको आयोजना तमु ह्यूल छोज धिं गुरुङ राष्ट्र परिषद् ताप्लेजुङ सँगको समन्वयमा ताप्लेजुङ स्पोर्टिङ क्लब फुङ्लिङ ६ बतासेले आयोजना गरेको हो ।

यस्तै गुरुङ समुदायले ताप्लेजुङमा नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समिति र तमू ह्युल छोंज धिं ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका वडा नं ६ स्थित बौद्ध गुम्बा परिसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका साथ तमु ल्होसार मनाइएको हो ।

प्रकाशित मिति : 8:04 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ