सङ्घर्षले हात पार्‍यो स्व. पदम बहादुर गुरुङ स्मृति पुरुष फुटबल प्रतियोगिताको उपाधि



ताप्लेजुङ । प्रथम स्वर्गीय पदमबहादुर गुरुङ स्मृति खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधि सङ्घर्ष स्पोर्टिङ क्लब उकाली पानीले हात परेको छ । सङ्घर्ष तमु ल्होसार पर्व २०८१ को अवसरमा फुङ्लिङ ६ स्थित लक्ष्मीटारमा आयोजित उक्त प्रतियोगिताको उपाधि हात पारेको हो । 

सोमबार सम्पन्न फाइनल खेलमा साथीभाइ युवा समूहलाई ४–२ गोल अन्तरले पराजित गर्दै सङ्घर्षले उपाधि हात पारेको छ । विजेता बनेसँगै सङ्घर्ष स्पोर्टिङले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता बनेको साथीभाइले ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनु परेको छ । प्रतियोगिताको आयोजना तमु ह्यूल छोज धिं गुरुङ राष्ट्र परिषद् ताप्लेजुङ सँगको समन्वयमा ताप्लेजुङ स्पोर्टिङ क्लब फुङ्लिङ ६ बतासेले आयोजना गरेको हो ।

यस्तै गुरुङ समुदायले ताप्लेजुङमा नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समिति र तमू ह्युल छोंज धिं ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका वडा नं ६ स्थित बौद्ध गुम्बा परिसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका साथ तमु ल्होसार मनाइएको हो ।

प्रकाशित मिति : १५ पुष २०८१, सोमबार २०:०४

ताप्लेजुङका तीन गाउँपालिकाले जनाए मिलेर अघि बढ्ने प्रतिवद्धता

ताप्लेजुङ । अब ताप्लेजुङका तीन वटा गाउँपालिका एक आपसमा सहमति

 जिल्ला अस्पताल ताप्लेजुङलाई एइडी मेसिन प्रदान 

ताप्लेजुङ ।  जिल्ला अस्पताल ताप्लेजुङलाई स्वचालित बाह्य डिफिब्रिलेटर (एइडी) मेसिन

ताप्लेजुङमा चार महिनापछि हवाई उडान सुरु

ताप्लेजुङ । करिब चार महिनापछि ताप्लेजुङमा हवाई उडान सुरु भएको

पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढिले गरे दर्शन

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात

छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप सुरु (फोटो फिचर)

ताप्लेजुङ । छैटौँ ताप्लेजुङ बज्र गुरु मन्त्रजप कार्यक्रम सुरु भएको