ताप्लेजुङमा गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मनाए तमु ल्होसार 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समिति र तमू ह्युल छोंज धिं ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका वडा नं ६ स्थित बौद्ध गुम्बा परिसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका साथ तमु ल्होसार मनाइएको हो ।

 

गरुण वर्गको बिदाई र सर्प वर्गको आगमन सँगै मनाइएको ल्होसार कार्यक्रममा तमू समुदायबाट प्रतिनिधित्व गर्ने नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बुद्धिराज गुरुङलाई सम्मान गरिएको छ । यस्तै विभिन्न म्याराथन प्रतियोगितामा भाग लिई विजेता हुनुभएकी तमु समुदायकै प्रतिनिधित्व गर्ने कुमारी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । 

यो सँगै एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तमू समुदायका विद्यार्थी र बौद्ध गुम्बा व्यवस्थापन समिति साथै तमू ह्युल छोंज धिंमा लामो समय योगदान गरेका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । 

तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : 7:47 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर