चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि



रेडियो काबेली । ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको हो । 

फिदिम माविको मैदानमा आज भएको फाइनलमा  निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।

चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ए डिभिजन लिगका चार सहित १० वटा टोली सहभागी थिए ।

प्रकाशित मिति : 6:24 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो