कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सन्दीपा खड्का




रेडियो काबेली
ताप्लेजुङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का चयन हुनुभएको छ । शनिबार भएको १३ औँ साधारणसभाले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा कोष नियन्त्रक गणेशकुमार पोखरेल,सचिवमा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठ, सहसचिवमा जलस्रोत तथा सिचाँई डिभिजन कार्यालय ताप्लेजुङका प्रमुख बिशाल पोख्रेल र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयमा निमित्त प्रमुख नवराज गिरी रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख योगेश्वर भट्टराई,नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बसुन्धरा आचार्य,निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेल, फुङलिङ नगरपालिकाको लेखा शाखा प्रमुख दिनेश भण्डारी, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेश अधिकारी,पाथीभरा याङवरक गाउँपालिकाका लेखा शाखा प्रमुख गोपाल भट्टराई रहनु भएको छ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङ जिल्लामा रहेर विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई एकतावद्ध गर्ने संस्था हो ।

प्रकाशित मिति : 8:14 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै