माघेनी मेलाको अवसरमा नेसुममा फुटबल प्रतियोगिता हुने 



ताप्लेजुङ । माघेनी मेलाको अवसरमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आँपपानी युवा क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै यही पुस २५ देखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।

क्लबका अध्यक्ष प्रेमबहादुर लिम्बूका अनुसार प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले नगद ५५ हजार ५११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

माघेनी मेलाको अवसरमा सञ्चालन हुने उक्त प्रतियोगिताको आयोजना चाँगेको नेसुममा हुने क्लबका सल्लाहकार उदय आङ्बुहाङले जानकारी दिनुभयो ।

मेलामा फुटबल प्रतियोगितासँगै राष्ट्रिय कलाकारहरूको साथमा साङ्गीतिक कार्यक्रमसमेत हुने छ । 

प्रकाशित मिति : 9:45 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो