माघेनी मेलाको अवसरमा नेसुममा फुटबल प्रतियोगिता हुने 



ताप्लेजुङ । माघेनी मेलाको अवसरमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेमा पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आँपपानी युवा क्लबले सदरमुकाम फुङ्लिङमा शनिबार पत्रकार सम्मेलन गर्दै यही पुस २५ देखि माघ १ गतेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो ।

क्लबका अध्यक्ष प्रेमबहादुर लिम्बूका अनुसार प्रतियोगिताका विजेताले नगद एक लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेताले नगद ५५ हजार ५११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

माघेनी मेलाको अवसरमा सञ्चालन हुने उक्त प्रतियोगिताको आयोजना चाँगेको नेसुममा हुने क्लबका सल्लाहकार उदय आङ्बुहाङले जानकारी दिनुभयो ।

मेलामा फुटबल प्रतियोगितासँगै राष्ट्रिय कलाकारहरूको साथमा साङ्गीतिक कार्यक्रमसमेत हुने छ । 

प्रकाशित मिति : 9:45 pm

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर