मेरिङ्देनमा अपाङ्गता स्वास्थ्य शिविर सुरु 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान सम्बन्धी शिविर सुरु भएको छ । मेरिङ्देन गाउँपालिका वडा नं. २ सान्थाक्राबाट आज देखि उक्त कार्यक्रम सुरु भएको हो । 

प्रदेश सरकार, मेरिङदेन गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी साथै राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम पुष १६ गते समापन हुने मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जीतेन लिम्बूले जानकारी दिनुभएको छ । शिविर दोस्रो दिन भोलि वडा नं. १ थिङ्लबुमा, तेस्रो दिन पुष १३ गते वडा नं. ६ नाल्बूमा, पुष १४ गते वडा नं. ५ थुकिमामा र पुष १५ गते वडा नं. ४ लिङ्तेमा सञ्चालन हुने छ ।

यस्तै अन्तिम दिन भने वडा नं. ३ खाम्लुङ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । आज सुरु भएको शिविरमा ३० जनाले सेवा लिएका छन् । शिविरको उद्‌घाटन कार्यक्रम मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगाम डम्बरको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । यस्तै विशिष्ट अतिथिको रुपमा उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ र करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारीको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार २१:५७

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक