मेरिङ्देनमा अपाङ्गता स्वास्थ्य शिविर सुरु 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान सम्बन्धी शिविर सुरु भएको छ । मेरिङ्देन गाउँपालिका वडा नं. २ सान्थाक्राबाट आज देखि उक्त कार्यक्रम सुरु भएको हो । 

प्रदेश सरकार, मेरिङदेन गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी साथै राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रम पुष १६ गते समापन हुने मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जीतेन लिम्बूले जानकारी दिनुभएको छ । शिविर दोस्रो दिन भोलि वडा नं. १ थिङ्लबुमा, तेस्रो दिन पुष १३ गते वडा नं. ६ नाल्बूमा, पुष १४ गते वडा नं. ५ थुकिमामा र पुष १५ गते वडा नं. ४ लिङ्तेमा सञ्चालन हुने छ ।

यस्तै अन्तिम दिन भने वडा नं. ३ खाम्लुङ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । आज सुरु भएको शिविरमा ३० जनाले सेवा लिएका छन् । शिविरको उद्‌घाटन कार्यक्रम मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगाम डम्बरको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । यस्तै विशिष्ट अतिथिको रुपमा उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ र करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारीको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 9:57 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ