ताप्लेजुङमा सर्पले डस्दा एक घाईते




रेडियो कोबली
ताप्लेजुङ ।
जिल्लाको फुङलिङ नगरपालिकामा सर्पले डस्दा एक घाईते हुनुभएको छ । नगरपालिकाको वडा २ हान्द्रुङ स्थित कोठामा बस्दै आउनु भएका भारतको कोलकत्ता घर हुनुभएका सानिमा हाईड्रो पावरमा काम गर्ने १९ वर्षिय आर्फत आलीलाई नाम नखुलेको सेतो रङको सर्पले दाहिने खुट्टामा डस्दा घाईते हुनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार आलीलाई सोमबार दिउँसो हाईड्रो पावरबाट काम गरी कोठा फर्कने क्रममा सर्पले डसेको थियो । घाईतेको हाल जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : 8:37 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक