पुसे मेला भलिबलको उपाधी भोजपुरलाई




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा जारी पुसे मेला अन्तराष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी भोजपुरले चुम्न सफल भएको छ । शुक्रबार भएको फाईनल खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । भोजपुरले २५–२१,२५–१६, २५–२३ अङ्कले पिटीभिसीलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भयो ।

उपाधी सँगै भोजपुरले नगद ३ लाख रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यस्तै उपविजेता बनेको पिटिभिसीले नगद १ लाख ७५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस अघि भएको सेमिफाईन खेलमा भोजपुर सभापोखरी सङ्खुवासभालाई २५–२३, ३०–२८, २५–२१ को सेटमा पराजित गरी फाईन प्रवेश गरेको थियो ।

त्यस्तै पिटीभिसी मुकेश मेमोरियल क्बल ताप्लेजुङलाई २५–१९,२५–२१,२५–१९ अङ्कले पछि पार्दै फाईनलमा प्रवेश गरिएको थियो । राष्ट्रिय रेफ्रि दिवस चोङबाङका अनुसार प्रतियोगितको बेस्ट प्लेयर भोजपुरका विष्णु बस्नेत घोषित हुँदै नगद ७ हजार सहित पुरस्कृत हुनुभयो । त्यस्तै बेस्ट सेटर भोजपुरको मनोज घिमिरे, बेस्ट सरभर एमएमसि ताप्लेजुङका हेमन्त मल्ल, बेस्ट स्टाईकर पिटिभिसीका सञ्जु बिक्रम शाह, बेस्ट ब्लकर भोजपुरका रोमन बस्नेत, बेस्ट डिफेन्डर सभापोखरी सङ्खुवासभाका सन्तोष राई घोषित हुँदै सबैले समान नगद ५ हजार सहित पुरस्कृत हुनभयो ।

त्यस्तै सेमिफाईनमा पुग्न सफल सभापोखरी सङ्खुवासभा रमुकेश मेमोरियल क्बल ताप्लेजुङले समान नगद ५० हजार सहित पुरस्कृत भयो । पुसे मेला सञ्चालन समिती तथा दोभान स्पोर्टिङको आयोजनामा भएको प्रतियोगितामा नाम्चे भलिबल क्लब सिक्कम सहित देश भित्रका ७ क्लबको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 7:20 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो