पुसे मेला भलिबलको उपाधी भोजपुरलाई




एलिना दियाली
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा जारी पुसे मेला अन्तराष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी भोजपुरले चुम्न सफल भएको छ । शुक्रबार भएको फाईनल खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । भोजपुरले २५–२१,२५–१६, २५–२३ अङ्कले पिटीभिसीलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भयो ।

उपाधी सँगै भोजपुरले नगद ३ लाख रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । त्यस्तै उपविजेता बनेको पिटिभिसीले नगद १ लाख ७५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस अघि भएको सेमिफाईन खेलमा भोजपुर सभापोखरी सङ्खुवासभालाई २५–२३, ३०–२८, २५–२१ को सेटमा पराजित गरी फाईन प्रवेश गरेको थियो ।

त्यस्तै पिटीभिसी मुकेश मेमोरियल क्बल ताप्लेजुङलाई २५–१९,२५–२१,२५–१९ अङ्कले पछि पार्दै फाईनलमा प्रवेश गरिएको थियो । राष्ट्रिय रेफ्रि दिवस चोङबाङका अनुसार प्रतियोगितको बेस्ट प्लेयर भोजपुरका विष्णु बस्नेत घोषित हुँदै नगद ७ हजार सहित पुरस्कृत हुनुभयो । त्यस्तै बेस्ट सेटर भोजपुरको मनोज घिमिरे, बेस्ट सरभर एमएमसि ताप्लेजुङका हेमन्त मल्ल, बेस्ट स्टाईकर पिटिभिसीका सञ्जु बिक्रम शाह, बेस्ट ब्लकर भोजपुरका रोमन बस्नेत, बेस्ट डिफेन्डर सभापोखरी सङ्खुवासभाका सन्तोष राई घोषित हुँदै सबैले समान नगद ५ हजार सहित पुरस्कृत हुनभयो ।

त्यस्तै सेमिफाईनमा पुग्न सफल सभापोखरी सङ्खुवासभा रमुकेश मेमोरियल क्बल ताप्लेजुङले समान नगद ५० हजार सहित पुरस्कृत भयो । पुसे मेला सञ्चालन समिती तथा दोभान स्पोर्टिङको आयोजनामा भएको प्रतियोगितामा नाम्चे भलिबल क्लब सिक्कम सहित देश भित्रका ७ क्लबको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 7:20 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ