पुसे मेला भलिबल : झापा, सिक्किम र सङखुवासभा विजयी




रेडियो काबेली
ताप्लेजुङ ।
पुसे मेलामा जारि अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहिबार तिन खेल सम्पन्न भएका छन् । जसमा झापा, सिक्किम र सङखुवासभा विजयी भएका छन् । बिहिबार भएको पहिलो खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा विजयी भएको छ । भोजपुर भलिबल क्लब, भोजपुरलाई ३–१ को सेटमा पराजित गर्दै पिटीभिसी विजयी भएको हो । पिटीभिसीले २२–२५, २५–१९, २५–२३ र २५–२१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो खेलमा नाम्चे भलिबल क्लब, सिक्किम, भारत विजयी भएको छ । हिमाली तोक्पेगोला भलिबल क्लब ताप्लेजुङलाई ३–१ को सेटमा पराजित गर्दै सिक्किम विजयी भएको हो । उस्ले २६–२४, २५–१८, १६–२५, २५–२२ ले हिमाली तोक्पेगोला भलिबल क्लबलाई पछि पार्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


त्यस्तै बिहिबार नै भएको तेस्रो खेलमा सभापोखरी भलिबल क्लब, सङखुवासभा विजयी भएको छ । पाँचथर भलिबल संघलाई ३–० को सेटमा पछि पार्दै सभापोखरी विजयी भएको हो । उस्ले २५–१८, २५–२०, २५–१८ ले पाँचथरलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।


जारी प्रतियोगितामा शुक्रबार (भोलि) सेमीफाईनल र फाईनल खेल हुनेछ । पहिलो सेमिफाईनल खेलमा बिहान ८ बजे पिटिभिसी झापा र मुकेश मेमोरियल ताप्लेजुङ बिच हुनेछ भने दोस्रो खेलमा बिहान १० बजे सभापोखरी सङ्खुवासभा र भोजपुर बिच हुनेछ भने फाईनल खेल दिउँसो १ बजे हुने राष्ट्रिय रेफ्रि दिवस चोङबाङले जानकारी दिनुभयो ।


अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ, ¥याफ्टिङ लगायतका गतिविधि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार २२:३८

सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले गर्‍यो सम्मान

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले एसईई र कक्षा आठको परिक्षामा

ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना

ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित

ताप्लेजुङ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको

ताप्लेजुङका स्थानीय तहहरूले प्राथमिकता दिन थाले अल्लोलाई

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ