पुसे मेला भलिबल : झापा, सिक्किम र सङखुवासभा विजयी




रेडियो काबेली
ताप्लेजुङ ।
पुसे मेलामा जारि अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा बिहिबार तिन खेल सम्पन्न भएका छन् । जसमा झापा, सिक्किम र सङखुवासभा विजयी भएका छन् । बिहिबार भएको पहिलो खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा विजयी भएको छ । भोजपुर भलिबल क्लब, भोजपुरलाई ३–१ को सेटमा पराजित गर्दै पिटीभिसी विजयी भएको हो । पिटीभिसीले २२–२५, २५–१९, २५–२३ र २५–२१ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

दोस्रो खेलमा नाम्चे भलिबल क्लब, सिक्किम, भारत विजयी भएको छ । हिमाली तोक्पेगोला भलिबल क्लब ताप्लेजुङलाई ३–१ को सेटमा पराजित गर्दै सिक्किम विजयी भएको हो । उस्ले २६–२४, २५–१८, १६–२५, २५–२२ ले हिमाली तोक्पेगोला भलिबल क्लबलाई पछि पार्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


त्यस्तै बिहिबार नै भएको तेस्रो खेलमा सभापोखरी भलिबल क्लब, सङखुवासभा विजयी भएको छ । पाँचथर भलिबल संघलाई ३–० को सेटमा पछि पार्दै सभापोखरी विजयी भएको हो । उस्ले २५–१८, २५–२०, २५–१८ ले पाँचथरलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।


जारी प्रतियोगितामा शुक्रबार (भोलि) सेमीफाईनल र फाईनल खेल हुनेछ । पहिलो सेमिफाईनल खेलमा बिहान ८ बजे पिटिभिसी झापा र मुकेश मेमोरियल ताप्लेजुङ बिच हुनेछ भने दोस्रो खेलमा बिहान १० बजे सभापोखरी सङ्खुवासभा र भोजपुर बिच हुनेछ भने फाईनल खेल दिउँसो १ बजे हुने राष्ट्रिय रेफ्रि दिवस चोङबाङले जानकारी दिनुभयो ।


अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ, ¥याफ्टिङ लगायतका गतिविधि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 10:38 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश