पुसे मेला भलिबल : भोजपुर, झापा र सङखुवासभा विजयी




एलिना दियाली
ताप्लेजुङ । पुसे मेलामा जारि अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा बुधबार तिन खेल सम्पन्न भएका छन् । जसमा भोजपुर, झापा र सङखुवासभा विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा भोजपुर भलिबल क्लब विजयी भएको छ ।


हिमाली तोक्पेगोल युथ भलिबल क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुर विजयी भएको हो । भोजपुरले २५–१८, २५–८, २५–२० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


दोस्रो खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा विजयी भएको छ । नाम्चे भलिबल क्लब सिक्किमलाई ३–१ को सेटमा पराजित गर्दै पिटीभिसी विजयी भएको हो । उस्ले २१–२५, २६–२४,२५–१४, २५–२३ ले सिक्कीमलाई पछि पार्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


त्यस्तै बुधबार नै भएको तेस्रो खेलमा सभापोखरी भलिबल क्लब, सङखुवासभा विजयी भएको छ । मुकेश मेमोरियल भलिबल क्लब (एमएमसी) ताप्लेजुङलाई ३–२ को सेटमा पछि पार्दै सभापोखरी विजयी भएको हो । उस्ले २६–२४, २०–२५, २५–२२, २३–२५, १७–१५ एमएमसीलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।


जारी प्रतियोगितामा भोलि झापा र भोजपुर बिचको खेल बिहान ९ बजे, हिमाली तोक्पेगोला र सिक्कीम बिचको खेल बिहान ११ बजे र पाँचथर भलिबल क्लब र सभापोखरी भलिबल क्लब,सङखुवासभा बिचको खेल दिउँसो १ बजे हुने राष्ट्रिय रेफ्रि दिवस चोङबाङले जानकारी दिनुभयो ।


अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ, ¥याफ्टिङ लगायतका गतिविधि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 7:19 pm

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण