पुसे मेला भलिबल : भोजपुर, झापा र सङखुवासभा विजयी




एलिना दियाली
ताप्लेजुङ । पुसे मेलामा जारि अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा बुधबार तिन खेल सम्पन्न भएका छन् । जसमा भोजपुर, झापा र सङखुवासभा विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा भोजपुर भलिबल क्लब विजयी भएको छ ।


हिमाली तोक्पेगोल युथ भलिबल क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुर विजयी भएको हो । भोजपुरले २५–१८, २५–८, २५–२० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


दोस्रो खेलमा पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा विजयी भएको छ । नाम्चे भलिबल क्लब सिक्किमलाई ३–१ को सेटमा पराजित गर्दै पिटीभिसी विजयी भएको हो । उस्ले २१–२५, २६–२४,२५–१४, २५–२३ ले सिक्कीमलाई पछि पार्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।


त्यस्तै बुधबार नै भएको तेस्रो खेलमा सभापोखरी भलिबल क्लब, सङखुवासभा विजयी भएको छ । मुकेश मेमोरियल भलिबल क्लब (एमएमसी) ताप्लेजुङलाई ३–२ को सेटमा पछि पार्दै सभापोखरी विजयी भएको हो । उस्ले २६–२४, २०–२५, २५–२२, २३–२५, १७–१५ एमएमसीलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।


जारी प्रतियोगितामा भोलि झापा र भोजपुर बिचको खेल बिहान ९ बजे, हिमाली तोक्पेगोला र सिक्कीम बिचको खेल बिहान ११ बजे र पाँचथर भलिबल क्लब र सभापोखरी भलिबल क्लब,सङखुवासभा बिचको खेल दिउँसो १ बजे हुने राष्ट्रिय रेफ्रि दिवस चोङबाङले जानकारी दिनुभयो ।


अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ, ¥याफ्टिङ लगायतका गतिविधि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०८१, बुधबार १९:१९

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक

याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन

ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ

किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना

विसं १९९५ मै तिरो तिरेका प्रमाण छन्

ताप्लेजुङ। भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी