पुसे मेला भलिबलः पिटीभिसीको विजयी सुरुवात




एलिना दियाली
ताप्लेजुङ ।
विगत ५१ वर्षदेखी ताप्लेजुङको दोभान बजारमा लाग्दै आएको पुसे मेला मंगलबारबाट सुरु भएको छ । पौष १ गत सामेबारदेखी नै मेला सुरु गर्ने भनिएता पनि भलिबल खेलाडीहरु नआईपुगेका कारण मंगलबारबाट मेलासँगै भलिबल प्रतियोगिता सुरु गरिएको आयोजक पुसे मेला सञ्चालन समितीले जनाएको छ ।

मंगलबार भएको उद्धघाटन खेलमा गत वर्षको विजेता समेत रहेको पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा विजयी भएको छ । राष्ट्रिय रेफ्रि दिवस चोङबाङका अनुसार पिटीभिसीले हिमाली तोक्पेगोला युथ क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पिटीभिसी २५–१९, २६–२४, २५–२१ को सेटमा विजयी भएको हो ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा भोजपुर भलिबल क्लब विजयी भएको छ । नाम्चे भलिबल क्लब सिक्किमलाई ३–२ को सेटमा पराजित गर्दै भोजपुर विजयी भएको हो । भोजपुर २२–२५, २५–२३, २५–१०, १२–२५ र १२–१५ को सेटमा विजयी भएको हो ।
त्यस्तै मंगलबार नै भएको तेस्रो खेलामा मुकेश मेमोरियल भलिबल क्लब (एमएमसी) ताप्लेजुङ विजयी भएको छ । पाँचथर भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै एमएमसी विजयी भएको हो । एमएमसी १४–२५,१७–२५,२५–२२, १४–२५ को सेटमा विजयी भएको हो ।

प्रतियोगिता अन्तरगत बुधबार पहिलो खेल बिहान ८ बजे हिमाली तोक्पेगोल युथ भलिबल क्लब ताप्लेजुङ र भोजपुर भलिबल क्लब,भोजपुर बिच हुनेछ भने दोस्रो खेल बिहान १० बजे पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा र नाम्चे भलिबल क्लब सिक्किम बिच हुनेछ भने मुकेश मेमोरियल भलिबल क्लब (एमएमसी) ताप्लेजुङ र सभापोखरी भलिबल क्लब, सङखुवासभा बिच मध्यान्न १२ बजे हुने बतार्ईएको छ ।


अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ, ¥याफ्टिङलगायतका गतिविधि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9:39 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो