पुसे मेला भलिबलः पिटीभिसीको विजयी सुरुवात




एलिना दियाली
ताप्लेजुङ ।
विगत ५१ वर्षदेखी ताप्लेजुङको दोभान बजारमा लाग्दै आएको पुसे मेला मंगलबारबाट सुरु भएको छ । पौष १ गत सामेबारदेखी नै मेला सुरु गर्ने भनिएता पनि भलिबल खेलाडीहरु नआईपुगेका कारण मंगलबारबाट मेलासँगै भलिबल प्रतियोगिता सुरु गरिएको आयोजक पुसे मेला सञ्चालन समितीले जनाएको छ ।

मंगलबार भएको उद्धघाटन खेलमा गत वर्षको विजेता समेत रहेको पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा विजयी भएको छ । राष्ट्रिय रेफ्रि दिवस चोङबाङका अनुसार पिटीभिसीले हिमाली तोक्पेगोला युथ क्लब ताप्लेजुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पिटीभिसी २५–१९, २६–२४, २५–२१ को सेटमा विजयी भएको हो ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा भोजपुर भलिबल क्लब विजयी भएको छ । नाम्चे भलिबल क्लब सिक्किमलाई ३–२ को सेटमा पराजित गर्दै भोजपुर विजयी भएको हो । भोजपुर २२–२५, २५–२३, २५–१०, १२–२५ र १२–१५ को सेटमा विजयी भएको हो ।
त्यस्तै मंगलबार नै भएको तेस्रो खेलामा मुकेश मेमोरियल भलिबल क्लब (एमएमसी) ताप्लेजुङ विजयी भएको छ । पाँचथर भलिबल संघलाई ३–१ को सेटमा पराजित गर्दै एमएमसी विजयी भएको हो । एमएमसी १४–२५,१७–२५,२५–२२, १४–२५ को सेटमा विजयी भएको हो ।

प्रतियोगिता अन्तरगत बुधबार पहिलो खेल बिहान ८ बजे हिमाली तोक्पेगोल युथ भलिबल क्लब ताप्लेजुङ र भोजपुर भलिबल क्लब,भोजपुर बिच हुनेछ भने दोस्रो खेल बिहान १० बजे पाथीभरा टाईगर भलिबल क्लब (पिटीभिसी) झापा र नाम्चे भलिबल क्लब सिक्किम बिच हुनेछ भने मुकेश मेमोरियल भलिबल क्लब (एमएमसी) ताप्लेजुङ र सभापोखरी भलिबल क्लब, सङखुवासभा बिच मध्यान्न १२ बजे हुने बतार्ईएको छ ।


अन्तर्राष्ट्रिय आमन्त्रण तथा अन्तर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद १ लाख ७५ हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मेलामा ब्याडमिन्टन प्रतियोगिता, साइकलिङ, ¥याफ्टिङलगायतका गतिविधि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 9:39 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश