होफ फर अल ताप्लेजुङले मनायो पहिलो वार्षिक उत्सव



ताप्लेजुङ । लागू औषध न्यूनिकरणको प्रमुख उद्देश्य राखेर स्थापना भएको संस्था होफ फर अल ताप्लेजुङले पहिलो वार्षिक उत्सव मनाएको छ । गत पुष १ गते संस्था स्थापना गरि औपचारिक रुपमा बिभिन्न गतिविधिहरू गर्दै आइरहेको होफ फर अल आज पहिलो वार्षिक उत्सव मनाएको हो । 

जिल्ला समन्वय समिति ताप्लेजुङको सभाहलमा प्रतिनिधिसभाका सदस्य लीलादेखि बोखिमको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा एक वर्षे कार्य विवरण सार्वजनिक गर्दै स्थापना दिवस मनाइएको अध्यक्ष सागर लामगादेले जानकारी दिनुभयो । अध्यक्ष लामगादेका अनुसार पछिल्लो एक वर्षको अवधिमा होफ फर अलले बिभिन्न स्थानबाट ९ जना मानिसको उद्धार गरेको छ । 

उद्धार गरेको कतिपयलाई सुधार केन्द्रमा पठाइएको र केहीलाई आफन्तसँग पुनर्मिलन गराइएको अध्यक्ष लामगादेको भनाई छ । होफ फर अलका अनुसार नाङखोल्याङका छविलाल बर्देवालाई शुभारम्भ फाउन्डेसन उपचार केन्द्र झापामा पठाइएको थियो । करिब ६ महिनासम्म सुधार गृहमा राखे पश्चात अहिले उहाँको अवस्था सामान्य अवस्था आइसकेको र परिवारसँगै बसोबास गरिरहेको बताइएको छ ।

 त्यस्तै भारतीय नागरिक गोपी इटहरीको माया घर आश्रममा पठाइएको छ । दोभानबाट लठ्यौरी भनिने युवतीलाई माया घर आश्रम इटहरी नै पठाइएको अध्यक्ष लामगादे बताउनुहुन्छ । ताप्लेजुङबाटै बेपत्ता भएका काइला भनिने युवकलाई समेत मानव आश्रम भक्तपुरबाट फेला पारेर लिएर आएर परिवारको जिम्मा लगाएको होफ फर अलले जनाएको छ । 

यस्तै गोर्खाका मिन बहादुर नेपाली, खेजेनिमबाट उद्धार गरिएका राकेश, दादुलाल, हरि लगायतका व्यक्तिलाई बिभिन्न सुधार केन्द्रमा पु¥याइएको बताइएको छ । जाजरकोटका मान बहादुर विश्वकर्मालाई ताप्लेजुङबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको विवरण  होफ फर अलले सार्वजनिक गरेको छ । 
अलले एक वर्ष भित्र बिभिन्न कार्यक्रमहरूमा लागूऔषध न्यूनिकरण तथा सचेतना सम्बन्धी कार्यक्रम समेत गरेका छन् । 

साथै फोहोर भएका सार्वजनिक स्थलहरूको सरसफाइ लगायतका कार्यहरू गर्दै आईरहेका छन् । 

प्रकाशित मिति : 6:37 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा