होफ फर अल ताप्लेजुङले मनायो पहिलो वार्षिक उत्सव



ताप्लेजुङ । लागू औषध न्यूनिकरणको प्रमुख उद्देश्य राखेर स्थापना भएको संस्था होफ फर अल ताप्लेजुङले पहिलो वार्षिक उत्सव मनाएको छ । गत पुष १ गते संस्था स्थापना गरि औपचारिक रुपमा बिभिन्न गतिविधिहरू गर्दै आइरहेको होफ फर अल आज पहिलो वार्षिक उत्सव मनाएको हो । 

जिल्ला समन्वय समिति ताप्लेजुङको सभाहलमा प्रतिनिधिसभाका सदस्य लीलादेखि बोखिमको प्रमुख आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा एक वर्षे कार्य विवरण सार्वजनिक गर्दै स्थापना दिवस मनाइएको अध्यक्ष सागर लामगादेले जानकारी दिनुभयो । अध्यक्ष लामगादेका अनुसार पछिल्लो एक वर्षको अवधिमा होफ फर अलले बिभिन्न स्थानबाट ९ जना मानिसको उद्धार गरेको छ । 

उद्धार गरेको कतिपयलाई सुधार केन्द्रमा पठाइएको र केहीलाई आफन्तसँग पुनर्मिलन गराइएको अध्यक्ष लामगादेको भनाई छ । होफ फर अलका अनुसार नाङखोल्याङका छविलाल बर्देवालाई शुभारम्भ फाउन्डेसन उपचार केन्द्र झापामा पठाइएको थियो । करिब ६ महिनासम्म सुधार गृहमा राखे पश्चात अहिले उहाँको अवस्था सामान्य अवस्था आइसकेको र परिवारसँगै बसोबास गरिरहेको बताइएको छ ।

 त्यस्तै भारतीय नागरिक गोपी इटहरीको माया घर आश्रममा पठाइएको छ । दोभानबाट लठ्यौरी भनिने युवतीलाई माया घर आश्रम इटहरी नै पठाइएको अध्यक्ष लामगादे बताउनुहुन्छ । ताप्लेजुङबाटै बेपत्ता भएका काइला भनिने युवकलाई समेत मानव आश्रम भक्तपुरबाट फेला पारेर लिएर आएर परिवारको जिम्मा लगाएको होफ फर अलले जनाएको छ । 

यस्तै गोर्खाका मिन बहादुर नेपाली, खेजेनिमबाट उद्धार गरिएका राकेश, दादुलाल, हरि लगायतका व्यक्तिलाई बिभिन्न सुधार केन्द्रमा पु¥याइएको बताइएको छ । जाजरकोटका मान बहादुर विश्वकर्मालाई ताप्लेजुङबाट उद्धार गरि आफन्तको जिम्मा लगाएको विवरण  होफ फर अलले सार्वजनिक गरेको छ । 
अलले एक वर्ष भित्र बिभिन्न कार्यक्रमहरूमा लागूऔषध न्यूनिकरण तथा सचेतना सम्बन्धी कार्यक्रम समेत गरेका छन् । 

साथै फोहोर भएका सार्वजनिक स्थलहरूको सरसफाइ लगायतका कार्यहरू गर्दै आईरहेका छन् । 

प्रकाशित मिति : 6:37 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन