फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको सङ्कल्प : मुक्कुमलुङ आन्दोलन प्रति ऐक्यबद्धता जाहेर



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानले आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । गत मङ्सिर २९ गते भएको दोस्रो अधिवेशनले पारित गरेको १९ बुँदे सङ्कल्प सार्वजनिक गरेको हो । 

आज पत्रकार महासङ्घको सभाहल फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त १९ बुधे सङ्कल्पलाई सार्वजनिक गरिएको छ । सार्वजनिक भएको सङ्कल्पमा वंशलाई सभ्य, चेतनशील र जुझारु बनाउन प्रतिष्ठानमा गोलबद्ध हुने र समाजालई विकृति विसंगतिबाट मुक्त गरी वंशलाई अहिंसा, न्याय, प्रेममा अग्रसर गराइने भनिएको छ ।

यस्तै छहरीएर रहेका फुरुम्बो पालुङ्वा वंश भित्र गुट र फुट नभई एकता र तालमेलका साथ अघि बढ्ने, वंशको अस्तित्वलाई बचाई राख्न लागि पर्ने, मन्धुमी धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गर्न जस्तो सुकै चुनौतीको सामना गर्ने र विभिन्न समाधि स्थललाई संस्थागत गर्न प्रयास गरिने संकल्पलाई अघि सारिएको छ । 

त्यस्तै प्रतिष्ठानको भवन निर्माणका लागि जग्गादाता खोजी गरी भवन निर्माण गर्ने, वंशको ऐतिहासिक स्थलहरूको उत्खनन तथा जीर्णोद्धार गरी संरक्षण गर्ने, आर्थिक विकास तथा समृद्धिमा पुर्याउनका लागि वित्तिय शहकारीकरण गर्दै लैजनाले सङ्कल्प गरिएको छ । 

यो सँगै उक्त सङ्कल्पमा मुक्कुमलुङ संरक्षणका लागि भइरहेको आन्दोलन प्रति प्रतिष्ठानले ऐक्यबद्धता जाहेर समेत गरिएको छ । 

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १८:३०

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक