फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको सङ्कल्प : मुक्कुमलुङ आन्दोलन प्रति ऐक्यबद्धता जाहेर



साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानले आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । गत मङ्सिर २९ गते भएको दोस्रो अधिवेशनले पारित गरेको १९ बुँदे सङ्कल्प सार्वजनिक गरेको हो । 

आज पत्रकार महासङ्घको सभाहल फुङ्लिङमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त १९ बुधे सङ्कल्पलाई सार्वजनिक गरिएको छ । सार्वजनिक भएको सङ्कल्पमा वंशलाई सभ्य, चेतनशील र जुझारु बनाउन प्रतिष्ठानमा गोलबद्ध हुने र समाजालई विकृति विसंगतिबाट मुक्त गरी वंशलाई अहिंसा, न्याय, प्रेममा अग्रसर गराइने भनिएको छ ।

यस्तै छहरीएर रहेका फुरुम्बो पालुङ्वा वंश भित्र गुट र फुट नभई एकता र तालमेलका साथ अघि बढ्ने, वंशको अस्तित्वलाई बचाई राख्न लागि पर्ने, मन्धुमी धार्मिक स्थलहरूको संरक्षण र संवद्र्धन गर्न जस्तो सुकै चुनौतीको सामना गर्ने र विभिन्न समाधि स्थललाई संस्थागत गर्न प्रयास गरिने संकल्पलाई अघि सारिएको छ । 

त्यस्तै प्रतिष्ठानको भवन निर्माणका लागि जग्गादाता खोजी गरी भवन निर्माण गर्ने, वंशको ऐतिहासिक स्थलहरूको उत्खनन तथा जीर्णोद्धार गरी संरक्षण गर्ने, आर्थिक विकास तथा समृद्धिमा पुर्याउनका लागि वित्तिय शहकारीकरण गर्दै लैजनाले सङ्कल्प गरिएको छ । 

यो सँगै उक्त सङ्कल्पमा मुक्कुमलुङ संरक्षणका लागि भइरहेको आन्दोलन प्रति प्रतिष्ठानले ऐक्यबद्धता जाहेर समेत गरिएको छ । 

प्रकाशित मिति : 6:30 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ