मेरिङदेन गाउँपालिकाले दियो दुई दिन स्थानीय बिदा 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । पूर्वकै दोस्रो ठूलो ऐतिहासिक मेला ‘५१औं पुषे मेला २०८१’ को अवसरमा पालिकाले पुष ३ र ४ गते दुई दिन स्थानीय बिदा दिएको हो ।

पालिकाले एक सूचना जारी गर्दै उक्त मेलाको अवसरमा गाउँपालिकाको मातहतका सरकारी कार्यालयहरू, सामुदायिक विद्यालयहरू एवं सङ्घसंस्था (आकस्मिक सेवा बाहेक) मा दुई दिन बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।

मेरिङ्देन गाउँपालिका वडा नं. ३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ चाँगेको सँगम स्थल जिल्लाको दोस्रो ठूलो बजार दोभान बजारमा पुष १ गते देखि ५ गते सम्म मेला लाग्ने भएको छ ।

२०३१ सालदेखि लाग्दै आएको उक्त ऐतिहासिक मेलामा कृषि तथा पर्यटन प्रबर्द्धन साथै विविध खेलकुद तथा बृहत् सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने भएको छ। 

विज्ञप्ती

प्रकाशित मिति : 4:54 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै