सिरिजङ्गा गोल्डकप : आयोजकलाई पराजित गर्दै मरिक एफसी फाइनल प्रवेश




रेडियो कोबली । ताप्लेजुङको सिरिजङ्गामा जारी चौथो अन्तराष्ट्रिय सिरिजङ्गा गोल्डकपमा मरिक एफसी सुनसरी फाईनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहिबार (आज) भएको पहिलो सेमिफाईन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनल प्रवेश गरेको हो ।

धरानको जितका लागि भुवन बस्नेत,सबिन घिमिरे र निश्चल लामाले एक–एक गोल गर्नुभयो । आयोजकको तर्फबाट असिम लिम्बु र नबिन भुजेलले एक–एक गोल गरेपनि जितका लागि पर्याप्त भएन् । आजको खेलको म्यान अफ दि म्याच मरिक एफसीका सुमन राना घोषित हुँदै नगद दुइ हजार एक सय सहित ट्रफि प्राप्त गर्नुभयो ।


ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गोल्डकपमा शुक्रबार अन्तिम सेमिफाइनल खेलमामा ब्रदरहुड एफसी उदयपुर र वाइ वाइ पॉचथर फुटबल क्लब भिड्न आयोजक समितीका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।


गोल्डकपको बिजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका तथा उपबिजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल्डकपमा बिधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ ।

यस्तै सर्बोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ । मंसिर २३ गते देखि सुरू भएको गोल्डकप २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 6:50 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो