बेपत्ता बुढाथोकीको शब काबेली खोलामा गोताखोर टोलीद्धारा फेला




रेडियो कोबली
ताप्लेजुङ । सिरिजंघा गाउँपालिका वडा नं. ५ पेदाङका अन्दाजी ४०÷४५ वर्षका राजेन्द्र बुढाथोकीको शब शशस्त्र प्रहरीको गोताखोर टोलीले काबेली खोलामा फेला पारेको छ । गत मंसिर १९ गते काबेली खोलामा नुहाउने क्रममा खोला बगाउँदा बेपक्ता बुढाथोकीको शब मंगलबार शशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनीको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीले संयुक्त रुपमा खोजी गर्ने क्रममा फेला पारेको शशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका शशस्त्र प्रहरी नायब उपरिक्षक नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार शशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनीका शशस्त्र प्रहरी निरिक्षक बिराज जन कटुवालको कमाण्डमा खटिएको शशस्त्र प्रहरीको टोली सहित नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा खोजि गर्ने क्रममा काबेली खोलाको दहमा अन्दाजी ७० फिट गहिराईमा शब फेला पारि निकालिएको हो ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतका अनुसार शबको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ पठाउने तयारी भएको छ । प्रहरीले बेपत्ताको खोजी गर्दा नभेटेपछि खोजतलासको लागि शशस्त्रको गोताखोर टोलीको माग गरिएको थियो र मंगलबार (आज) गोताखोर सहितको टोलीले खोजी गर्न सुरु गरेको केहि समय मै वेपत्ताको शव भेटाएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १२:०२

ताप्लेजुङमा चट्याङ लागेर घाइते भएका एकको मृत्यु 

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु

अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीद्वारा कम्प्युटर तालिम प्रदान 

ताप्लेजुङ । अनेरास्ववियु सिरीजङ्गा गाउँपालिका कमिटीको आयोजनामा आधारभूत कम्प्युटर कक्षा

सुनमा लगाइएको विलासिता करको विरुद्धमा ताप्लेजुङमा विरोध प्रर्दशन

ताप्लेजुङ । सुन तथा सुनका गरगहनामा लगाइएको विलासिता करको विरुद्धमा

ताप्लेजुङको सिदिङ्वा धाममा राखिएको मूर्ति तोडफोड

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सिदिङ्वा धाम मन्दिरमा राखिएको श्री

ताप्लेजुङको मैवाखोलाद्वारा दलित समुदायलाई ११ लाख बढीको सामग्री वितरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायलाई ११ लाख ६४