बेपत्ता बुढाथोकीको शब काबेली खोलामा गोताखोर टोलीद्धारा फेला




रेडियो कोबली
ताप्लेजुङ । सिरिजंघा गाउँपालिका वडा नं. ५ पेदाङका अन्दाजी ४०÷४५ वर्षका राजेन्द्र बुढाथोकीको शब शशस्त्र प्रहरीको गोताखोर टोलीले काबेली खोलामा फेला पारेको छ । गत मंसिर १९ गते काबेली खोलामा नुहाउने क्रममा खोला बगाउँदा बेपक्ता बुढाथोकीको शब मंगलबार शशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनीको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीले संयुक्त रुपमा खोजी गर्ने क्रममा फेला पारेको शशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका शशस्त्र प्रहरी नायब उपरिक्षक नरेश मर्हजनले जानकारी दिनुभयो ।

उहाँका अनुसार शशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनीका शशस्त्र प्रहरी निरिक्षक बिराज जन कटुवालको कमाण्डमा खटिएको शशस्त्र प्रहरीको टोली सहित नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा खोजि गर्ने क्रममा काबेली खोलाको दहमा अन्दाजी ७० फिट गहिराईमा शब फेला पारि निकालिएको हो ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरी निरिक्षक विवेक बस्नेतका अनुसार शबको कानुनी प्रकृया पुरा गरि पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ पठाउने तयारी भएको छ । प्रहरीले बेपत्ताको खोजी गर्दा नभेटेपछि खोजतलासको लागि शशस्त्रको गोताखोर टोलीको माग गरिएको थियो र मंगलबार (आज) गोताखोर सहितको टोलीले खोजी गर्न सुरु गरेको केहि समय मै वेपत्ताको शव भेटाएको हो ।

प्रकाशित मिति : 12:02 pm

ताप्लेजुङ गोल्ड कपका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने

ताप्लेजुङ, साउन १८ गते । अन्तराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप

ताप्लेजुङमा नयाँ  ‘त्रिवेणी फिडर’ सञ्चालनमा आयो

ताप्लेजुङ, साउन १७ गते । ताप्लेजुङको हिटी सबस्टेसनबाट नयाँ ‘त्रिवेणी

निङमा छ्योखोरलिङ बौद्ध गुम्बा निर्माणमा जुटे स्थानीय 

ताप्लेजुङ, साउन १६ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ स्थित निङमा छ्योखोरलिङ

अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप चौथो संस्करणको तयारी तीब्र 

ताप्लेजुङ , साउन १६ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड

नियमित तालिका निर्धारण गरे पनि दुई महिनादेखि सुकेटार विमानस्थलमा उडान ठप्प

ताप्लेजुङ, साउन १५ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई