लिलामीमा राखेको पाथीभराको घण्टी बिक्री स्थगन



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले लिलामीमा राखेको घण्टी बिक्री स्थगन गरेको छ ।  मंसिर १४ गते गोरखापत्र दैनिकमा सूचना जारी गरेर पुराना घण्टी बिक्रीका लागि आह्वान गरिएको सूचना तत्कालका लागि फिर्ता लिइएको समितिले जनाएको छ । 

शुक्रबार समितिले सूचना जारी गर्दै तत्कालका लागि घण्टी लिलामीको सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ । घण्टीको लिलामीको सूचना जारी भएसँगै चौतर्फी रुपमा आलोचना भएको थियो । समितिले पुराना, टुटे, फुटेका, खिया लागेका घण्टीहरू मात्र बिक्री गर्न लागेको जनाएको थियो । 

तर भक्तजनहरूले आस्था र निश्वासका साथ चढाएको घण्टीहरू प्रयोगबिहीन कै भएपनि बिक्री नगर्न भक्तजन, सरोकारवालाहरूले दिएको सुझावलाई मध्यनजर गर्दै लिलामीको प्रक्रियामा स्थगित गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।  

समितिले करिब १६ हजार बढी घण्टीहरू बिक्रीका लागि सूचना जारी गरेको थियो । जसको न्युनतम मुल्य प्रतिकिलो ३ सय ६० रुपैयाँ मूल्य समेत तोकेको थियो ।         

प्रकाशित मिति : 7:22 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा