लिलामीमा राखेको पाथीभराको घण्टी बिक्री स्थगन



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले लिलामीमा राखेको घण्टी बिक्री स्थगन गरेको छ ।  मंसिर १४ गते गोरखापत्र दैनिकमा सूचना जारी गरेर पुराना घण्टी बिक्रीका लागि आह्वान गरिएको सूचना तत्कालका लागि फिर्ता लिइएको समितिले जनाएको छ । 

शुक्रबार समितिले सूचना जारी गर्दै तत्कालका लागि घण्टी लिलामीको सम्पूर्ण प्रक्रिया रद्द गरिएको जनाएको छ । घण्टीको लिलामीको सूचना जारी भएसँगै चौतर्फी रुपमा आलोचना भएको थियो । समितिले पुराना, टुटे, फुटेका, खिया लागेका घण्टीहरू मात्र बिक्री गर्न लागेको जनाएको थियो । 

तर भक्तजनहरूले आस्था र निश्वासका साथ चढाएको घण्टीहरू प्रयोगबिहीन कै भएपनि बिक्री नगर्न भक्तजन, सरोकारवालाहरूले दिएको सुझावलाई मध्यनजर गर्दै लिलामीको प्रक्रियामा स्थगित गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।  

समितिले करिब १६ हजार बढी घण्टीहरू बिक्रीका लागि सूचना जारी गरेको थियो । जसको न्युनतम मुल्य प्रतिकिलो ३ सय ६० रुपैयाँ मूल्य समेत तोकेको थियो ।         

प्रकाशित मिति : 7:22 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै