बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा 



ताप्लेजुङ । बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरिएको छ । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड ताप्लेजुङले विद्यार्थीहरूलाई न्यानो कपडा बितरण गरेको हो । 

बिहीबार विद्यार्थीहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडा ज्याकेट बितरण गरिएको संस्थाका केन्द्रिय संचालक समितिका अध्यक्ष डाक्टर सुमित्रा मानन्धर गुरुङले बताउनुभयो  । प्रधानाध्यापक धर्मप्रसाद पौडेलका उहाँका अनुसार विद्यालयमा अध्ययनरत १ सय २ जना विद्यार्थीले न्यानो कपडा अन्तर्गत एक–एक थान ज्याकेट प्राप्त गरेका छन् ।

 फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति, अभिभावक लगायतको उपस्थितिमा न्यानो कपडा बितरण गरिएको छ । संस्थाले आर्जन गरेको मुनाफाको १ प्रतिशत रकम बराबरको सामाग्री विद्यार्थीहरूलाई प्रदान गरिएको अध्यक्ष मानन्धरको भनाई थियो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १९:३५

 मेरिङ्देनमा अपाङ्गता स्वास्थ्य शिविर सुरु 

साहारा लङ्वा लिम्बू ताप्लेजुङ । मेरिङ्देन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको

क्रिसमसको अवसरमा एक सय बालबालिकालाई न्यानो कपडा वितरण

ताप्लेजुङ । क्रिसमसको अवसरमा समाजसेवी सुमन तामाङ र रविना हाङ्गामले

लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो कोबलीताप्लेजुङ । फुङलिङ नगरपालिकामा बुधबार लागु औषध सम्बन्धि अन्तरक्रिया

लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन

रेडियो काबेलीताप्लेजुङ । जिल्लामा हरेक वर्ष सञ्चालन हुने लाखेजात्रा सञ्चालन

काबेलीको बेलिब्रिज सुकेपानीमा सारिँदै

ताप्लेजुङ । ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज